२०८३ कार्तिक १२ गते बुधबार

सरकारी विद्यालयप्रति आशा जगाउने बालमन्दिर मावि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १०
Balmandir-Mavi-beni (1)

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ। दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन्।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री शिक्षण विधिको प्रयोग, तह वृद्धि, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, व्यवस्थित पूर्वाधार र स्रोत साधनको उच्चतम परिचालन गरेपछि विद्यार्थीको आकर्षण बढेको प्रअ सुरेन्द्रप्रसाद केसीले बताए।

‘विसं २०७१ मा कक्षा पाँच उत्तीर्ण भएका १२ जना विद्यार्थी बाहिरिएको र नया पनि नथपिएपछि विद्यालय बन्द गर्ने बहस चलेको थियो’, उनले भने, ‘शैक्षिक, भौतिक र आर्थिक कार्ययोजना बनाएर कार्यान्वयन गरेपछि त्यसयताका वर्ष विद्यार्थी सङ्ख्या निरन्तर बढेको छ।’

विसं २०७२ को शैक्षिक सत्रमा सेवा क्षेत्रमा बस्तीमा व्यवस्थापन समिति र शिक्षकहरूले घरदैलो गरेर ९३ जना विद्यालय भर्ना गराए। विसं २०७३ मा विद्यार्थी सङ्ख्या १३२ पुग्यो। विसं २०७५ मा कक्षा ६, २०७८ मा कक्षा ८ र २०८० मा कक्षा ९ को पठनपाठन सुरु गरेको यस विद्यालयका १० जना विद्यार्थीले २०८१ मा पहिलोपटक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागिता जनाएका छन्।

विसं २०२८ मा हाल म्याग्दी बालगृह रहेको ठाउँमा स्थापना भएको विद्यालय विसं २०५८ मा कालीपुलमा स्थानान्तरण गरिएको थियो। नेपाल बाल सङ्गठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकालाई पठनपाठनको ब्यवस्था मिलाउन त्यसबेला यो विद्यालय स्थापना भएको थियो।

हाल कक्षा १० मा २२ जनासहित २७२ जना विद्यार्थी रहेको यस विद्यालयमा भर्ना अभियान सकिँदासम्म विद्यार्थी सङ्ख्या करिब ३५० जना पुग्ने प्रअ खत्रीको अनुमान छ। औसत सिकाइ उपलब्धि तीन दशमलव नौ जिपिए छ। यसपाली बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका एक, पोखराको विन्दबासिनी माविबाट दुई जनासहित छ जना अन्य विद्यालयका विद्यार्थी बालमन्दिरमा भर्ना हुन आएका छन्। 

बाल कक्षापछि एक वर्ष केजी (पूर्वप्राथमिक तह)मा पढाउने र कक्षा १ मा भर्ना गर्ने अभ्यास थालेको यस विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन, विभाग बनाएर शिक्षकहरूलाई जिम्मेवारी बाँडफाँट, अतिरिक्त क्रियाकलाप, खेलकुद गतिविधि सञ्चालन, कक्षाकोठाबाट बाहिर निस्किँदा आउटपासको व्यवस्था, कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरेको छ।

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र प्रयोग गरेर विद्यार्थीको सहभागितामा पठनपाठन गर्ने विधि अपनाएको छ। प्रार्थनाको समयमा विद्यार्थीले सामान्य ज्ञान, समाचार वाचन र कला प्रस्तुत गर्छन्। हरेक तीन/तीन महिनामा सामूहिक र व्यक्तिगतका साथै शिक्षकले अभिभावकलाई फोन गरेर विद्यार्थीको आनीबानीका बारेमा छलफल गर्छन्।

विभिन्न सङ्घ संस्था र दातासँग समन्वय गरेर विपन्न विद्यार्थीलाई छात्रावृत्ति, पोसाक, शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको प्रअ खत्रीले बताए। विद्यालयबाट अतिरिक्त क्रियाकलापका प्रतियोगितामा सहभागी हुने विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गर्न सम्मानका साथै विद्यार्थीको जन्मदिन मनाउने गरेको छ।

विद्यालय परिसरको जग्गामा निर्माण भएको भवन तथा टहराबाट मासिक दुई लाख ३२ हजारका दरले हुने आम्दानीबाट निजी स्रोतका चार जना शिक्षक र एक जना सुरक्षा गार्डको तलब व्यवस्थापन गरेको विद्यालयले अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिने नगरेको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माले बताए।

पछिल्लो दश वर्षमा दुई करोड ५० लाखभन्दा बढीको लागतमा चार वटा भवन, कम्प्युटर, विज्ञान प्रयोगशाला, शौचालय, सभाहल, सटरकोठा भवन, खानेपानी, भुइँमा पेभर ब्लक बिछ्याइएको छ।
छात्रावासका लागि पाँच कोठे भवन निर्माणाधीन छ। यस वर्षदेखि विद्यालयमै खाजा पसल सञ्चालन भएको छ। विद्यालय परिसरको खाल्डो र खेलमैदानमा जमेको पानीमा ढुङ्गा राखेर कक्षाकोठामा छिर्नुपर्ने अवस्थाको विद्यालय अहिले पूर्वाधारका हिसाबले व्यवस्थित र सुविधासम्पन्न बनेको छ।

नब्बे प्रतिशत विद्यार्थी दलित समुदायका रहेका सहायक प्रअ गीता सुवेदीले बताइन्। विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरेको छ। पूर्वविद्यार्थी, दाता र सामाजिक सङ्घ संस्था खोजेर विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकको व्यवस्था मिलाइएको छ।

खेलमैदानको अभाव र छात्रावास सञ्चालनका लागि पर्याप्त भवन नहुनु, शैक्षिक सत्रको अन्तिमसम्म पनि भर्ना हुन आउने र केही विद्यार्थीले बीचमा विद्यालय परिवर्तन गर्ने समस्या रहेको छ। रोजगारीको शिलशिलामा बेनीमा आएका अभिभावकहरू कामको खोजीमा अन्यत्र जाँदा बालबालिकाले शैक्षिक सत्रको बीचमा विद्यालय परिवर्तन गर्ने समस्या देखिएको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमन्दिर माविमा तह थप गर्न विद्यार्थी सङ्ख्या कम भएका अन्य विद्यालयबाट आधारभूत तहको दरबन्दी भए पनि माध्यमिक तहसम्म पठनपाठन गर्नसक्ने विषयगत शिक्षकको व्यवस्था मिलाएको बताए।

बेनीमा रहेको बेनी सामुदायिक र प्रकाश माविमा बढ्दो विद्यार्थीको चाप व्यवस्थापन गर्न बालमन्दिर माविलाई तहवृद्धि गरी शैक्षिक र भौतिक क्रियाकलापमा नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख केसीले बताए। सामुदायिक विद्यालयका लागि बालमन्दिर माविको सुधार र परिवर्तन उदाहरणीय बनेको उनको भनाइ छ।

प्रकाशित: २०८२ जेठ १० गते शनिवार ११:१९
प्रतिक्रिया

थप समाचार

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना