२०८३ कार्तिक ११ गते मङ्गलबार

संस्थानबाट सरकारले पायो ६ अर्ब लाभांश, यस्तो छ समग्र स्थिति

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १४
yellow_book

काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट ६ अर्ब लाभांश प्राप्त गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभामा पेस गरेको सार्वजनिक संस्थानको समीक्षा प्रतिवेदनले यस्तो देखाएको हो।

‘नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू. ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ,’ समीक्षा प्रतिवेदनमा उल्लेख छ। यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई रू. १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेकोसमेत उल्लेख गरेको छ।

यस्तो छ संस्थानको समग्र स्थिति
विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट आर्थिक वर्ष २०७८/७९ मा पनि समग्र अर्थतन्त्र प्रभावित रह्यो। युक्रेनमा भएको युद्धको कारण अर्थतन्त्रमा प्रत्यक्ष एवम् परोक्ष प्रभाव पर्न गयो। यसबाट सार्वजनिक संस्थानको समग्र कार्यसम्पादनमा असर पर्न गएको अवस्था छ।

आर्थिक वर्ष २०७७/७८ मा संस्थानको कुल सञ्चालन आय रू. ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा आर्थिक वर्ष २०७८ / ७९ मा ३६.२२ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ। गत आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४.१५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा रू. १ अर्ब ५४ करोड २० लाख कायम भएको छ। नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू. ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो।

आर्थिक वर्ष २०७८/७९ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई रू. १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ। सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा १७६.८ प्रतिशतले बढी रू. ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ। सबै संस्थानको सञ्चित नाफामा ४२.९० प्रतिशतले कमी आई रू. ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ।

आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा ब्यहोरेका छन्। दुईवटा संस्थानको कारोबार शून्य रहेको छ।यस आर्थिक वर्षमा पनि जनकपुर चुरोट कारखाना लि. बन्द छ भने विद्युत उत्पादन कम्पनी लि. र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामा नै रहेको छ।नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाईट प्रा. लि. र बुटवल धागो कारखाना लि. को व्यावसायिक कारोबार नभएको अवस्था छ।

नेपाल रेल्वे कम्पनी लि.ले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन। व्यावसायिक कारोबार नभएपनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी व्यहोरिरहेका छन्। आर्थिक वर्ष २०७८/७९ मा नाफामा सञ्चालित २५ संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको छ।

आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीकोष / नेटवर्थ गत आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले वृद्धि भई रू. ७ खर्ब ६१ अर्ब ३३ करोड २५ लाख पुगेको छ। समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले वृद्धि भई रू. ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको छ। गत आर्थिक वर्षको तुलनामा शेयर लगानी ४.५४ प्रतिशतले वृद्धि भई रू. ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४.४९ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ८९ अर्ब २३ करोड ७१ लाख पुगेको छ।

आर्थिक वर्ष २०७८/७९ मा कोषमा व्यवस्था नभएको दायित्वमा गत आर्थिक वर्षको तुलनामा २०.२६ प्रतिशतले कमी आएको छ भने सम्भावित दायित्व पनि ७४.८२ प्रतिशतले कम भएको छ। हालसम्म छ वटा सार्वजनिक संस्थान नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकृत भई अघिल्लो आर्थिक वर्षको तुलनामा बजार पुँजीकरण २८.८० प्रतिशतले कमी आएको छ।

शेयर बजारमा आएको उतारचढावले गर्दा सूचीकृत सार्वजनिक संस्थानको शेयरको बजार मूल्यमा प्रभाव परेकोले यस्तो हुन गएको देखिन्छ। केही संस्थानको नियमित रूपमा लेखा परीक्षण हुन नसकेकोले वित्तीय अवस्थाको यथार्थ मूल्याङ्कन हुन नसक्नुका साथै वित्तीय अनुशासनको पक्ष पनि कमजोर रहेको छ। सबै संस्थानमा तोकिएको समयमा नै लेखा परीक्षण गर्न प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई जिम्मेवार बनाउने र सोही आधारमा निजहरु लाई निरन्तरता दिने नदिने निर्णय हुनुपर्ने देखिन्छ। हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वित्तीय स्थिति निम्नानुसार तालिका १.१ र १.२ मा रहेको छः

प्रकाशित: २०८० जेठ १४ गते आईतबार ०४:१५
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना