२०८३ कार्तिक २२ गते शनिवार

बार्सिलोनामा एभरेस्ट उत्सव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
502431096_1219429640226141_1566278968395033732_n

काठमाडौँ- नेपालको पर्यटन, संस्कृति र हिमाली सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्पेनको बार्सिलोनामा ‘एभरेष्ट उत्सव २०२५’ मनाइएको छ।

नेपाली दूतावास, म्याड्रिड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे ३० मा सम्पन्‍न यस उत्सवले नेपाली तथा स्पेनी समुदायबीच सांस्कृतिक सेतु निर्माण मात्रै होइन, पर्वतारोहणको गौरवमय इतिहासप्रति सम्मान पनि प्रकट गरिएको छ।

कार्यक्रममा विश्वप्रसिद्ध स्पेनी भूगर्भविद् तथा हिमाल आरोही प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेजले ‘हिमाल चढ्नु मात्र जित नभएर हिमालको बुझाइ नै सफलता भएको बताएका हुन्। सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर स्पेनी आरोहण इतिहासमा नाम लेखाएका लोपेजले नेपालसँगको पाँच दशक लामो सम्बन्धबारे पनि चर्चा गरेका छन्।

उनले भने, ‘नेपाल केवल गन्तव्य होइन, त्यो त मेरो अध्ययनको प्रयोगशाला र आत्माको शरणस्थल हो।’ दुई हप्ता अघि मात्र नेपाल भ्रमण सकेर स्पेन फर्किएका लोपेजले हिमालयमा बढ्दो जलवायु संकट, पर्यावरणीय प्रभाव र व्यवसायीकरणका जोखिमबारे चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा क्याटालोनियाका आरोही तथा इभरेस्ट-९३ नामक डकुमेन्ट्रीका निर्देशक जउमे अल्टाडिल क्लाउले पनि सगरमाथा क्षेत्रको संरक्षण र प्रबर्द्धनको महत्वबारे चर्चा गरेका छन्। कार्यक्रममा मेरी पुइग रेबुस्तेस र मेल बेल्भिस ई डेल रियोले पनि कार्यक्रममा सहजीकरण गरेका थिए।

क्याटालोना सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका प्रमुख मार्क भकारोले स्पेनी आरोहीको मनमा नेपालले विशिष्ट स्थान ओगटेको बताएका हुन्। उनले भने, ‘नेपालको पर्वतारोहण इतिहास र स्पेनी समाजबीचको गहिरो सम्बन्धको छ। नेपाल स्पेनी आरोहीहरूको हृदयमा विशेष स्थान ओगटेर बसेको छ।’

नेपालका लागि स्पेनका राजदूत शनिल नेपालले कार्यक्रमको उद्घाटन गर्दै नेपालले संसारलाई हिमाल मात्रै नभएर अध्यात्म, साहस र आत्मीयता प्रदान गरेको बताए। उनले थपे, ‘नेपालको विविध सांस्कृतिक धरोहर र भावनात्मक गहिराइबारे बुझ्‍न एकपटक नेपाल पुग्‍नुपर्दछ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले नेपालको पर्यटकीय सम्पदाबारे प्रस्तुतीकरण दिएका थिए। उनले नेपालको पदयात्रा मार्ग, सांस्कृतिक अनुभव, ग्रामिण पर्यटन, तथा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तन र भीड व्यवस्थापनबारे भइरहेका प्रयासहरुबारे तथ्यांकसहित प्रस्तुत दिएका हुन्।

कार्यक्रमको एनआरएनए स्पेनद्वारा सांस्कृतिक नृत्य र हस्तकला प्रदर्शनी गरिएको थियो। विविध जातजातिबाट प्रतिनिधित्व गर्ने कलाकारहरूले परम्परागत भेषभूषासहितको नृत्य प्रस्तुत गरेका थिए। यसका साथै कार्यक्रममा धातुका मूर्तिहरू, लोककला, र काठका शिल्पहरूसहितको नेपाली हस्तकला प्रस्तुत गरिएको थियो।

प्रकाशित: २०८२ जेठ १८ गते आईतबार ०२:३९
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना