काठमाडौँ– यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले सोमबारदेखि यातायात ठप्प पारिने घोषणा गरेको हो।
देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको समितिले जानकारी दिएको छ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी सवारी साधनलाई पनि यात्रु बोक्न दिने व्यवस्था गरेको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। आफूहरूले मात्र यात्रु बोक्न पाउनुपर्ने यातायात व्यवसायीको माग छ।


