२०८३ कार्तिक १२ गते बुधबार

जेठभित्रै पाँचखालका ६ हजार परिवारमा पुर्‍याइँदैछ खानेपानी

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ १९
khanepani_vqxgomjzkr

काभ्रेपलाञ्चोक- पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। यही जेठ मसान्तभित्र पाँचखालका ६ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ।

निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ। गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत एवं पुनःनिर्माण गरिएपछि हाल पाँचखाल–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याई परीक्षण भइरहेको हो।

‘कूल ३९ लाख लिटर पानी प्रशोधनको क्षमता रहेको केन्द्रसँगै रहेको ओभरहेड ट्याङ्कीमासमेत पानी जम्मा गरी हाल बस्तीबस्तीमा परीक्षण भइरहेको छ, यही मसान्तभित्र सबैको घरघरघमा खानेपानी नियमित गराउनेछौँ”, उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले भने।

लामिछानेका अनुसार ८४ लिटरप्रति सेकेण्डको दर भए पनि यतिखेर परीक्षणकालमा हाल ४२ लिटरप्रति सेकेण्डका दरले पानी ल्याइएको छ। उपभोक्ताका घरमा पानी पठाउने बेलासम्म पूर्ण क्षमतामा पानी ल्याइने लामिछानेले बताए। उपभोक्ता समितिले गत असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाईदिएको हो। बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुवान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो। ४८ स्थानमा वितरण पाईप तथा केही संरचनामा रु एक करोड ७० लाख क्षति पुगेको थियो।

खानेपानी आयोजना २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो। आयोजनाले गत चैतको अन्त्यसम्ममा घरघरमा पानी पु¥याउने गरी तीव्र गतिमा काम गरेपनि बाढीपहिरोले आयोजनाको समयसीमा केही धकेलेको जनाइएको छ। करिब दुई सय घरमा धारा जडान बाँकी रहेकाले धमाधम उक्त कार्य भइरहेको लामिछानेले बताए।

दातृ निकायले गत डिसेम्बर ३१ मा समयावधि सकिएपनि विपद्का कारण छ महिना समय थपेको थियो। आयोजनाको कार्य अन्तिम चरणमा प्रति घण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको छ। लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको आयोजनाले जनाएको छ।

यस्तै आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा ६ वटा इनार, चार/चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, ३ लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, १० नयाँ वितरण ट्याङ्की, ६ ब्रेक प्रेशर ट्याङ्की तथा १५ वटा पाले घर निर्माण सम्पन्न भएको छ।

पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ।

कूल छ हजार ३७ धारामध्ये हालसम्म धारा जडान अन्तिम चरणमा पुगेको छ। उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ। हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते २०७९ साल माघमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पु¥याएका कारण पटक–पटक समय थप्दा आयोजना लम्बिएको जनाइएको छ।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिप्mिटङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो। एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन्।

जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ। आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको हो।

आयोजनाका लागि सम्झौता अनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार १८ हजारका दरले रकम बुझाएका छन्। यस्तै आयोजनाका लागि सम्झौता अनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाटसमेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए। -रासस

प्रकाशित: २०८२ जेठ १९ गते सोमबार ०१:३६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना