काठमाडौँ- आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश, स्थानीय तहलाई विनियोजन गरिएको वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक भएको छ।
संघीय सरकारबाट कुल रु ४ खर्ब १७ अर्ब बराबरको रकम वित्तीय हस्तान्तरणको रूपमा विभिन्न तहमा पठाइने भएको हो।
प्रदेशहरूलाई कुल रु ९७ अर्ब ५६ करोड विनियोजन गरिएको छ। पालिकाहरूलाई ३ खर्ब २० अर्ब विनियोगन गरिएको छ।
समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक गरी ४ शीर्षकमा बजेट पालिका र प्रदेशहरूलाई पठाउने व्यवस्था छ।
काठमाडौँ उपत्यकाका स्थानीय तहले मात्रै संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन्।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय हस्तान्तरणबापत काठमाडौं उपत्यकामा रहेका स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।
उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं जिल्लामा काठमाडौं महानगपालिका सहित ११ वटा स्थानीय तह रहेका छन्।
त्यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिकासहित ६ वटा तथा भक्तपुर जिल्लाका चारवटा स्थानीय तह रहेका छन्।
यी समेत २१ वटा स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गर्न लागेका हुन्।
कुन पालिकालाई कति बजेट?


