२०८३ कार्तिक १२ गते बुधबार

गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा रास्वपा कायमै, प्रचण्डलाई फकाउँदै ओली-देउवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १९
rsp

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ।

पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो।

गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

‘भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभई समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा अडिग छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष छ।’

सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा सशक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो।

सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिपक्षी दल माओवादी केन्द्रलाई फकाउन थालेको छ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएर सदनको गतिरोध अन्त्य गर्दै सहज रुपमा सदन चल्ने वातावरण बनाउन माओवादीसमक्ष आग्रह गरेका थिए। उक्त कुराकानीमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी थिए।

माओवादी नेताले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आउनुपर्ने आफूहरुको अडान कायम रहेको जवाफ दिएको बताइएको छ।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् खोलेर अघि बढ्नुपर्ने प्रस्ताव सत्तापक्ष नेताहरुबाट आएको बताए। उनका अनुसार समग्र संसदको गतिरोधका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेन।

‘भिजिट भिसा प्रकरणमा गडबड भइरहेकाले अनुसन्धान गर्नका गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्ने हाम्रो अडान कायमै छ,’ उनले भने।

बैठकमा राजावादीहरूको आन्दोलनका विषयमा पनि कुराकानी भएको थियो।

प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले मुलुकको संविधानलाई चूनौती दिने गरी राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्वक सामना गर्दै अघि बढ्ने विषयमा तीनै दलबीच स्पष्ट र एकै दृष्टिकोण रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रचण्डका लागि पनि विशेष कुर्सीको व्यवस्था गरिएको थियो। नेपाली कांग्रेसका सभापति देउवा र प्रचण्डका लागि समान हैसियतको कुर्सी राखिएको छ भने प्रधानमन्त्री ओलीका लागि अझ विशेष कुर्सी राखिएको थियो।

यसअघि ओली र देउवा भेट हुँदा समान प्रकृतिको कुर्सीमा बस्ने गरेका थिए। ओली पछिल्लो पटक प्रधानमन्त्री भएयता प्रचण्ड बालुवाटार जाँदा उनका लागि विशेष कुर्सीको व्यवस्था गर्ने गरिएको थिएन।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादीसहितका दलले सदनमा अवरोध गरिरहेका बेला प्रचण्डलाई विशेष कुर्सीमा राखेर माओवादीलाई लचक बनाउने यत्न भएको हो।

भिजिट भिसा प्रकरणमा विदेश जाने नेपालीसँग दिनहुँ चर्को घुस रकम असुली गर्ने गरिएको र त्यसमा गृहमन्त्री समेत संलग्न रहेको आरोप लागेको छ।

नेपाली कांग्रेसका केही नेताहरूले गृहमन्त्रीलाई राजीनामा दिन सुझाव दिए पनि देउवाले भने राजीनामा दिन नपर्ने अडान लिएका छन्।

ओलीले पनि गृहमन्त्रीले राजीनामा दिन नपर्ने बताइसकेका छन्।

प्रकाशित: २०८२ जेठ १९ गते सोमबार १०:०८
प्रतिक्रिया

थप समाचार

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना