२०८३ कार्तिक १२ गते बुधबार

बालेनले ६ महिनापछि बोलाएको बैठक पनि बस्न सकेन, प्रवक्ता भन्छन्- बैठकको टुंगो छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २०
balen

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सोमबारका लागि बोलाएको कार्यपालिका बैठक फेरि अन्यौलमा परेको छ। ६ महिनापछि मेयर बालेनले कार्यपालिका बैठक बोलाएको भएपनि न त स्थगित भएको सूचना सार्वजनिक गरियो न त बैठक नै बस्न सक्यो।

महानगरभित्रको आन्तरिक कारणले बैठक बस्न नसकेको काठमाडौँ महानगरपालिका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। ‘महानगरको कार्यपालिका बैठक सोमबार बस्ने भनिएको थियो,’ नेपाल क्लिक्ससँग कुराकानी गर्दै प्रवक्ता मानन्धरले भने, ‘आन्तरिक विषय व्यवस्थापन भइनसकेका कारण बैठक बस्न नसकेको हो।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरपालिका कार्यपालिकाको बैठक महिनाको एक पटक बस्ने व्यवस्था छ। तर ऐनको उक्त व्यवस्थालाई मेयर बालेनले बेवास्ता गर्दै आएका छन्।

अब बैठक कहिले बस्छ त? प्रवक्ता मानन्धर भन्छन्- ‘कार्यपालिका बैठक यसै दिन बस्छ भन्ने अवस्था छैन, बैठकको बस्ने कुनै टुङ्गो छैन।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ प्रत्येक स्थानीय तहले असार १० गतेसम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ। महानगरको बजेट नगरसभामा पेस गर्नुपर्ने हुन्छ। तर त्यसको तयारीमा जुट्नुपर्ने मेयर साह भने कार्यपालिका र नगरसभा दुवै बैठक छल्दै हिँड्न थालेपछि महानगरपालिकाका काम प्रभावित भएका छन्।

मेयर साहले बैठक छल्न थालेको भन्दै आलोचना पनि जनप्रतिनिधिबाट नै हुन थालेको छ। स्थानीय सरकार सञ्चालन ऐनमै नगरसभा तथा कार्यपालिकाको बैठक नगरप्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ।

कार्यपालिका बैठक बस्न नसकेको लामो समय बितेपछि महानगर कार्यपालिकाका सदस्यहरूले जेठ १२ मा मेयर शाह पत्र लेखी बैठक बोलाउन माग गरेका थिए। तर त्यसलाई पनि मेयर शाहले बेवास्ता गरिदिएका छन्।

प्रकाशित: २०८२ जेठ २० गते मङ्गलबार ०३:०५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना