काठमाडौँ- यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन: सञ्चालनमा आएको छ।
मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले गाडी चलाएका हुन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले प्रदेश सरकारलाई पठाएको पत्र बमोजिम उक्त निर्णय लिइएको गण्डकी मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले जानकारी दिए।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्नका लागि पत्र पठाएको थियो।
त्यसपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्रीसँग छलफल गरी एक महिनाका लागि स्थगित गर्ने निर्णय लिएका थिए।
यातायात व्यवसायीले सिन्डिकेट बिउँताउने मनशायले सरकारलाई झुकाएको भन्दै आलोचना सुरु भएको छ।
यस्तै संघीयताको मर्मविपरीत प्रधानमन्त्रीको कार्यालयले प्रदेश सरकारलाई निर्देशन गरिएको विषयमा पनि आलोचना भइरहेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


