काठमाडौँ- नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचन निकटतम प्रतिस्पर्धी चेतनाथ पाण्डेलाई पराजित गर्दै केसी निर्वाचित भएका हुन्।
अध्यक्षमा विजयी केसीले १ हजार ६१९ मत पाए। पाण्डेले १ हजार ६२ मत प्राप्त पाएका थिए। उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भए।
उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दीप वाग्ले, नवीन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाईं, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी सदस्यमा विजयी भएका छन्।
नवनिर्वाचित अध्यक्ष केसी हवाई विश्वविद्यालय (अमेरिका)बाट सिभिल र पर्यावरण इञ्जिनियररिङमा स्नातकोत्तर हुन्। नेपाल एकीकृत अनुसन्धान तथा विकास प्रतिष्ठानमा उनी कार्यकारी निर्देशकसमेत छन्।


