२०८३ कार्तिक १३ गते बिहिबार

जलवायु परिवर्तनले बढायो आत्महत्याको जोखिम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
ndian Kishan

महाराष्ट्रको सानो खेतमा मीराबाई खिन्डकरले खडेरीले बाली नष्ट भएपछि र उनका पति अमोलले आत्महत्या गरेपछि उनको जमिनले ऋण मात्रै दिएको बताइन्। भारतमा किसान आत्महत्याको इतिहास लामो छ। धेरैजसो किसान एक बाली नष्ट हुँदा संकटमा पुग्छन्, तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले थप दबाब सिर्जना गरेको छ।

पानीको कमी, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाले उत्पादन घट्दा र ऋणको बोझले भारतको एक अर्ब ४० करोड जनसंख्याको ४५ प्रतिशतलाई रोजगारी दिने कृषि क्षेत्र प्रभावित भएको छ। तीन एकड सोयाबिन, कोदो र कपासको खेत गर्मीमा सुकेपछि मीराबाईका पति अमोललाई साहुकारको ऋण लाग्यो, जुन खेतको वार्षिक आम्दानीको सयौं गुणा थियो। गत वर्ष उनले विष खाए।

‘जब उनी अस्पतालमा थिए, मैले सबै देवतासँग उनलाई बचाउन प्रार्थना गरें,’ ३० वर्षीया मीराबाईले गला अवरुद्ध पार्दै भनिन्। एक हप्तापछि अमोलको मृत्यु भयो। उनले मीराबाई र तीन सन्तान छोडे। मीराबाईसँग उनको अन्तिम कुराकानी ऋणकै बारेमा थियो। महाराष्ट्रको मराठवाडा, जहाँ एक करोड ८० लाख जनसंख्या छ, उर्वर खेतीका लागि परिचित थियो। तर, यहाँ यस्ता त्रासदी दैनिक दोहोरिरहेका छन्।

नयाँदिल्लीको सेन्टर फर साइन्स एन्ड इनभायरोन्मेन्टका अनुसार गत वर्ष चरम मौसमी घटनाले भारतभर ३२ लाख हेक्टर बाली प्रभावित भयो, जुन बेल्जियमभन्दा ठूलो क्षेत्र हो। यसको ६० प्रतिशतभन्दा बढी महाराष्ट्रमा थियो। ‘गर्मी चरम छ, उत्पादन पर्याप्त छैन,’ अमोलका भाइ बालाजी खिन्डकरले भने, ‘खेतमा सिँचाइ गर्न पानी छैन। वर्षा ठीक हुँदैन।’

जोखिम बढ्दै
कृषिमन्त्री शिवराज सिंह चौहानका अनुसार सन् २०२२–२०२४ मा मराठवाडामा तीन हजार ९० किसानले आत्महत्या गरे, जुन दैनिक औसत तीनजना हो। सरकारी तथ्यांकले आत्महत्याका कारण स्पष्ट गर्दैन, तर विश्लेषकहरूले विभिन्न कारक औंल्याउँछन्। ‘भारतमा किसान आत्महत्या कृषिमा आम्दानी, लगानी र उत्पादकताको संकटको परिणाम हो,’ टाटा इन्स्टिच्युटका प्राध्यापक आर रामकुमारले भने।

भारतमा साना खेतहरूमा खेती शताब्दीऔंदेखि सही मौसममा निर्भर छ। ‘जलवायु परिवर्तनले खेतीमा जोखिम बढाएको छ,’ रामकुमारले भने, ‘यसले बाली नष्ट र अनिश्चितता ल्याएर साना किसानको अर्थशास्त्र कमजोर बनाएको छ।’ उनले राम्रो बीमा योजना र कृषि अनुसन्धानमा लगानीबाट सरकारले किसानलाई सहयोग गर्न सक्ने बताए। ‘कृषि मनसुनसँग जुवा खेल्ने काम हुनु हुँदैन,’ उनले भने।

अनिश्चित मौसममा किसानहरू मल वा सिँचाइमा लगानी गर्छन्, तर बैंकहरू यस्ता ऋणीहरूलाई कर्जा दिन हिच्किन्छन्। केही साहुकारकहाँ पुग्छन्, जसले उच्च ब्याज लिन्छन् र बाली नष्ट हुँदा संकट निम्तिन्छ। ‘केवल खेतीले गुजारा चलाउन गाह्रो छ,’ मीराबाईले टिनको छानो भएको झुपडीमा भनिन्।

उनका पतिको ऋण आठ हजार डलरभन्दा बढी थियो, जबकि भारतमा कृषि गृहस्थीको औसत मासिक आम्दानी करिब एक सय २० डलर छ। मीराबाईले अन्य खेतमा मजदुरी गर्छिन्, तर ऋण तिर्न सकिनन्। ‘ऋणका किस्ता थुप्रिँदै गए,’ उनले भनिन्, ‘खेतबाट केही आउँदैन।’

उनी आफ्ना छोराछोरीले खेतीबाहेक अन्य काम खोजून् भन्ने चाहन्छिन्। कृषि क्षेत्र दशकौंदेखि संकटमा छ। महाराष्ट्रमा आत्महत्या दर उच्च छ, तर यो समस्या देशव्यापी छ। राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०२२ मा कृषि क्षेत्रका ३० जनाले दैनिक आत्महत्या गरे।

मराठवाडाकै अर्को खेतमा ३२ वर्षीय शेख इमरानले गत वर्ष भाइको आत्महत्यापछि खेत सम्हालेका छन्। सोयाबिन रोप्न लिएको ऋणले उनलाई एक हजार एक सय डलरभन्दा बढी ऋण छ, तर फसल असफल भयो। वरपर इनार खन्न विस्फोटकको आवाज गुञ्जिरहन्छ। ‘पिउने पानी छैन,’ परिवारकी मुखिया खतिजाबीले भनिन्, ‘खेत सिँचाइ गर्न पानी कहाँबाट ल्याउने?’ -एएफपी

प्रकाशित: २०८२ जेठ २७ गते मङ्गलबार ०८:५१
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना