२०८३ कार्तिक ११ गते मङ्गलबार

चितवन दुर्घटना : १५ गते सन्तान जन्माउँदै थिइन्, पति र सासूसँगै अस्ताइन्

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, असार ७
renuka_kandel

काठमाडौँ- मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका-३ स्थायी ठेगाना भएकी २७ वर्षीया रेनुका कँडेल गर्भवती थिइन्। चिकित्सकहरूले असार १५ गते उनको शिशुको जन्म हुने मिति (डेट) निर्धारण गरेका थिए।

चिकित्सकले तोकेको डेट आउनुअगावै उनलाई समस्या महसुस भयो। हेटौँडा अस्पतालले रेनुकाको उपचार सम्भव नभएको भन्दै अन्यत्रै लैजान भन्यो। परिवारका सदस्यले उपचारका लागि रेनुकालाई तुरुन्तै चितवन लैजाने निधो गरे। हतारहतार परिवारका सदस्यले उनलाई नारायणगढ जाने बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी माइक्रो चढाए। ३५ वर्षीय पति सरोज पहाडी र ५३ वर्षीया सासू मैयाकुमारी न्यौपाने पहाडी पनि उनीसँगै माइक्रोमा चितवन लागे।

गर्भवती रेनुकाको उपचारका लागि अस्पताल हिँडेका उनीहरू भरतपुरको अस्पताल पुग्नै पाएनन्। केही समय मात्र माइक्रोमा यात्रा गरेका थिए। चितवन जिल्ला राप्ती नगरपालिका-४ मा उनीहरू चढेको माइक्रो दुर्घटनामा पर्‍यो। कैलाली जिल्लाको धनगढीबाट झापा जानका लागि गुडिरहेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बससँग उनीहरू चढेको माइक्रो ठोक्कियो। यो दुर्घटनामा परी ७ जनाको मृत्यु भयो, २४ जना घाइते भए।

दुर्घटनालगत्तैको अवस्था।

चितवन प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार मैयाकुमारी न्यौपाने पहाडी (५३ वर्ष) र उनकी गर्भवती बुहारी रेनुका कँडेल (२७ वर्ष) को घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परी सख्त घाइते बनेका सरोज पहाडी (३५ वर्ष)लाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। तर उनले जीवन पाएर घर फर्कन सकेनन्, मृत्यु लिएर आमा र गर्भवती पत्नीकै सँगै अन्तिम सास फेरे।

शनिवार बिहान १०:१५ बजे भएको उक्त दुर्घटनामा परी मृत्यु हुने उनीहरू तीनै जना ७५ वर्षीया विष्णुमाया न्यौपानेको परिवारका सदस्य हुन्। पति र छोरालाई यसअघि नै गुमाएकी विष्णुमाया छोरी मैयासँगै बस्दै आएकी थिइन्। उनै विष्णुमायालाई एकैपटक ठूलो वज्रपात पर्‍यो। चौथो पुस्ताको अनुहार हेर्ने प्रतीक्षा गरिरहेकी विष्णुमायाले एकैपटक परिवारका तीन सदस्य गुमाउनुपर्‍यो। दुर्घटनामा छोरी, नाती (छोरीको छोरा) र नातिनी बुहारीको मृत्युको खबर सुनेपछि ७५ वर्षीया विष्णुमाया विक्षिप्त छिन्।

७५ वर्षीया विष्णुमाया।

रेनुका र सरोजकी छोरी तीन वर्षकी छन्।

आफन्तका अनुसार रेनुका गर्भवती भएको थाहा पाएदेखि नै हेटौँडा अस्पतालमा जाँच गराउँदै आएकी थिइन्। ‘हिजो मात्र हेटौँडा अस्पतालले गर्भवतीको स्वास्थ्यमा समस्या आएकाले यहाँ उपचार सम्भव नभएको भनेको रहेछ। उहाँहरु आज चितवनको भरतपुर अस्पताल जाँदै हुनुहुन्थ्यो,’ उनीहरूका एक जना आफन्तले नेपाल क्लिक्ससँग भने, ‘डाक्टरले असार १५ गते बच्चा जन्मिने डेट दिएका थिए। तर साह्रै नराम्रो खबर आयो। बच्चा लिएर फर्केलान् भनेको…! एउटै घरमा तीन लास… वज्रपात आइलाग्यो!’

उनीहरू तीन जनासहित दुर्घटनामा मृत्यु भएकाहरू सातै जनाको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

घाइतेहरुको जिल्ला अस्पताल भरतपुर, एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनापछि केही समय अवरुद्ध बनेको राजमार्गमा अहिले आवागमन खुलेको छ।

दुर्घटनामा परी हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ र रौतहट जिल्लाको चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन प्रहरीले रुपाखेतीको ठेगाना साविक हटिया गाविस–३ उल्लेख गरे पनि उनी हाल हेटौँडा–४ मा बस्दै आएका थिए।

दुर्घटनामा परी मृत्यु भएकी एक युवतीको सनाखत हुन बाँकी छ।

घाइतेहरू:
१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा ।

२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान ।

३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल ।

४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान ।

५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।

६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।

७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।

८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।

९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।

१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा ।

११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।

१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।

१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा ।

१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।

१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।

१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।

१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह ।

१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे

१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा ।

२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।

२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।

२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।

२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी ।

२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी ।

प्रकाशित: २०८२ असार ७ गते शनिवार ०९:३४
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना