संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले आइतबार १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो। सांसद् रामहरि खतिवडाका अनुसार बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको खतिवडाले जानकारी दिए।
‘प्रधानमन्त्रीज्यूले ६ गते विश्वासको मत लिने कार्यक्रम छ। यही विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ खतिवडाले भने।
आइतबारै कांग्रेसले कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। बिहान साढे १० बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।


