काठमाडौं – नेपालमा पहिलो पटक नवप्रवर्तन र अविष्कारलाई प्रवर्तन गर्नका लागि एक अर्बको कोष स्थापना हुने भएको छ।
अर्थमन्त्री प्रकाश शहण महतले आज संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेट भाषणमा सो कुरा बताएका छन्। यता नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार र नवप्रवर्तनमा सरकारले उदासिन रहेको र सकारकाले काम नगरेको भन्दै एक महिना अघि सात दिन आन्दोलन गरेका थिए।
उनीसँग सरकारले सम्झौता समेत गरिसकेको छ। त्यसपछिको बजेटमा एक अर्बको कोष स्थापना गरिएको हो।
‘कुल पुँजी को एक प्रतिसत रकम आविष्कार र नवप्रवर्तनका क्षेत्रमा खर्च गरिने छ। कोष सञ्चालनका लागि कानुन पनि बनाइने भएको छ। सरकारी क्षेत्रबाट पनि गरिने नवप्रर्वन आविष्कार र नवप्रवर्तनका कालागि यो रकम प्रयोग गर्न सकिने भएको छ,’ अर्थमन्त्री महतले भनेका छन्।
उनले स्काटर्ट अप इको सिस्टमा सुरु गरिने पनि बताएका छन्।
प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०५:०४