२०८३ साउन १३ गते बुधबार

बालेनको हठले काठमाडौँको बजेट अन्योलमा

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, असार ९
balen

काठमाडौँ- काठमाडौँ महानगरपालिकाम मेयर बालेन्द्र (बालेन) शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच देखिएको विवादले काठमाडौँ महानगरको कार्यपालिका बैठक गत माघ महिनादेखि बस्न सकेको छैन।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्षको असार १० गतेसम्ममा स्थानीय तहले नगर/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने कानुनी बाध्यतालाई बेवास्ता गर्दै बालेनले बजेट निर्माणका कुनै प्रक्रियालाई अघि बढाएका छैनन्। महानगर कार्यपालिकाको बैठक माघयता बस्न नसक्दा नीति तथा कार्यक्रम र बजेट मात्र होइन, प्रशासनिक कामसमेत भद्रगोल छ। यसले महानगरमा साउन १ देखि बजेट होलिडे निम्तिन सक्ने जोखिम बढाएको छ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने दिन आउन १ दिन मात्र बाँकी रहँदा देशकै राजधानीसमेत रहेको महानगरपालिकामा बजेटसम्बन्धी कुनै प्रक्रिया अघि नबढ्दा जनप्रतिनिधि नै अन्यौलमा छन्। निर्धारित समयमा बजेट आउने सम्भावना क्षीण बनेको छ।

देशका स्थानीय तहहरूले बजेट सभामा पेस गरिसक्दा पनि काठमाडौँ महानगरका कर्मचारी र जनप्रतिनिधि कामविहीन छन्। महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसँग बालेन असन्तुष्ट बन्दा त्यसको मार बजेटमा परेको हो।

जेठ  २९ गते मेयर बालेन र उपमेयर सुनिताको ५ महिना लामो संवादहीनता तोडिए पनि समस्या समाधान हुन सकेन। उक्त दिन उनीहरूबीच ‘वान टू वान’ छलफल भएको थियो।

बजेट नगरसभामा पेस गर्नुअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्छ। मेयर साह एकातिर र ४१ कार्यपालिका सदस्य र कर्मचारी प्रशासनको नेतृत्व अर्कातिर फर्किँदा समस्या सिर्जना भएको महानगरका कर्मचारीहरू बताउँछन्।

मेयर बालेन कार्यपालिकामा सदस्यसचिव रहने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बैठकमा बोलाउन चाहँदैनन्। उपमेयर डंगोल, प्रवक्ता मानन्धरलगायत ४१ कार्यपालिका सदस्यले सदस्यसचिवको उपस्थिति नभई बैठक बस्नै नसक्ने अडानमा छन्।

‘मेयरज्यु प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा बोलाउन चाहनुहुन्न। तर उपमेयर र कार्यपालिकाका अ‍धिकांश सदस्यहरू उहाँलाई सहभागी नगराई बैठक राख्न नमिल्ने अडानमा हुनुहुन्छ। यसैले महानगरका कार्यपालिका बैठक र नगरसभा डाक्नेलगायतका सम्पूर्ण काम रोकिएका छन्,’ महानगरका एक कर्मचारीले नेपाल क्लिक्ससँग भने, ‘कार्यपालिकाका सदस्यलाई एजेन्डा पठाउने, निर्णय लेखन गर्ने काम सदस्यसचिव (प्रमुख प्रशासकीय अधिकृत)कै हुन्छ। उहाँलाई कार्यपालिका र नगरसभामा सहभागी नगराउने अडान लिनु मेयर साहको कच्चा काम हो। तर, मेयर साह प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा बैठक हुनै नसक्ने जिद्दीपना देखाइरहनु भएको छ।’

जेठ  २९ गते मेयर बालेन र उपमेयर सुनिताको ५ महिना लामो संवादहीनता तोडिए पनि समस्या समाधान हुन सकेन।

आइतबार कार्यपालिकाको बैठक राख्ने विषयमा मेयर र उपमेयरबीच छलफल भएको थियो। मेयर साहले गुरागाइँलाई बनाउन नहुने अड्डी कसेका कारण स्थगित भएको स्रोतको दाबी छ। मेयर साह र उपमेयर डंगोलबीच लगातार ४ दिनदेखि वार्ता जारी भएपनि बैठकका लागि सहमति भने जुट्न सकेको छैन।

यता काठमाडौँ महनगरपालिकाका प्रवक्ता नवीन मानन्धर कार्यपालिकाको बैठक बस्नैपर्ने भए पनि बस्न नसकेको बताउँछन्।

‘हरेक महिना बस्नुपर्ने कार्यपालिका बैठक विगत ६ महिनादेखि बस्न सकेको छैन। कार्यपालिका बैठकबिना नगरसभा बस्न सक्दैन। नगरसभा नबसे बजेट आउन सम्भव छैन,’ मानन्धर भन्छन्, ‘मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबिना कुनै पनि बैठक सम्भव छैन। अब कसरी हुन्छ, तीन पक्षलाई नै मिलाएर अगाडि बढ्नै पर्ने छ। तीन पक्षमा एक पक्षले ‘कम्प्रमाइज’ गर्नै पर्छ। कानुनले तोकेअनुसार असार १० को सीमामा बजेट नआउने भयो।’

मानन्धरका अनुसार आगामी आर्थिक वर्षको बजेटको लागि आन्तरिक रुपमा सबै तयारी पूरा भए पनि समन्वय अभाव छ।

गुरागाईँलाई बैठकमा सहभागी गराउनुपर्ने पक्षको नेतृत्व उपमेयर डंगोलले गरेकी छन्। ४१ सदस्यीय कार्यपालिकामा ४० सदस्य डंगोलकै पक्षमा छन्। मेयर साह आफ्नो अडानमा एक्ला छन्। तर उनी आफ्नो अडानबाट टसमस भएका छैनन्।

‘शुक्रवार स्रोत समितिको बैठक राख्ने निर्णय भएको थियो। मेयर साहको ढिपीका कारण उक्त बैठकसमेत स्थगित भयो,’ एक जना वडाध्यक्ष (कार्यपालिका सदस्य)ले प्रश्न छ, ‘सधैं यसरी चल्छ त? मेयरले प्रमुख प्रशासकीय अधिकृतबिना नै बैठक बस्ने जनाएपछि बैठक भाँडिएको हो।’

कार्यपालिका, नगर परिषद्, स्रोत र बजेट समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ।

नगरसभाले बजेट पारित गर्नुअघि मेयर अध्यक्ष रहने स्रोत अनुमान समितिको बैठकले अनुमोदन गर्नुपर्छ। बैठकले गरेका निर्णय कार्यान्वयन गरी बजेट निर्माण गर्न उपमेयर संयोजक रहने बजेट तर्जुमा समितिले बजेट बनाउँछ। दुवै समितिका बैठकले पारित गरेको बजेट नीति तथा कार्यक्रम पारित गर्न नगर सभा बैठक बस्नुपर्ने व्यवस्था छ। तर महानगरमा हालसम्म कुनै पनि समितिको बैठक बसेको छैन।

कार्यपालिका, नगर परिषद्, स्रोत र बजेट समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ।

विभिन्न चार वटा समितिका संयोजक हेरफेर गर्ने आफ्नै निर्णय मेयर साहले फिर्ता लिएपछि महानगरमा सकारात्मक वातावरण सिर्जना हुने अपेक्षा गरिएको थियो। जेठ १ गते मेयर साहले गरेको निर्णय बिहीवार मात्र फिर्ता लिएका थिए।

मेयर बालेनले सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई ल्याएका थिए। सुशासन समिति संयोजकबाट काठमाडौँ– २६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्कीलाई जिम्मा दिए।

सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौँ–८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई ल्याएका थिए। बालेनले बिहिबार यो निर्णय फिर्ता लिइएको थियो। यसमा सुनीता पक्षले नेतृत्व गरेको समूहले दबाब दिएकाले बालेन आफ्नै निर्णयबाट फिर्ता भएका थिए।

बजेट ल्याउने वातावरण निर्माण गर्न बालेनले निर्णय फिर्ता लिएको मानन्धर बताउँछन्। ‘विभिन्न समितिका संयोजक नियुक्ति गर्ने र निकाल्ने मेयरको अधिकारभित्रको कुरा हो। बजेटमा सहज होला भनेर उहाँले आफ्नो निर्णय फिर्ता लिनु त भयो तर उहाँको अर्को अडानका कारण बैठक बस्ने वातावरण बन्न सकेको छैन,’ मानन्धरले भने।

बजेट ल्याउनुपर्ने बाध्यात्मक सीमा अन्तिम चरणमा पुगेपछि कार्यपालिकाका सदस्य र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आए पनि हालसम्म त्यसले सार्थकता पाउन सकेको छैन।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ (१) मा  कार्यपालिकाको बैठक कम्तीमा महिनामा एक पटक बस्नुपर्ने उल्लेख छ। तर पुस ८ मा कार्यपालिका बैठक बस्न सकेको छैन।

प्रकाशित: २०८२ असार ९ गते सोमबार १०:३२
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना