काठमाडौं – आउँदो आर्थिक वर्षमा रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने भएको छ। नेपालको दुवै सदनको बैठकमा आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश सरण महतले रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन्।
सरकारले पछिल्लो समय जग्गाको कित्ताकाट रोक्ने र फुकाउने गर्दै आइरहेको छ। अहिले भने जग्गालाई व्यस्थित बनाएर अघि जाने बजेटमा उल्लेख गरिएको हो।
जग्गा प्रशासनलाई एकद्वार बनाउने, नापी विभागलाई व्यवस्थित गरिने, स्थानीय तहबाट पनि नापीको सेवा प्राप्त गर्न सकिने, बाँकी रहेको नाप नक्सा कार्य सम्पन्न गरिने अर्थमन्त्रीले बताएका छन्।
‘११० स्थानीय तहमा २५ हजार भुमीगतलाई जग्गा धनी दर्ता प्रमाण पत्र उपलब्ध गराइने छ,’ मन्त्री प्रकाशसरण महतले भनेका छन्।
रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने बताउँदै उनले यो सबै भनेका हुन। यो आगामी आर्थिक वर्षमा गरिने भएको हो। सबै सार्वजनिक जग्गाका एकीकृत अभिलेख राखिने पनि मन्त्रीले जानकारी दिएका हुन्।


