२०८३ कार्तिक ११ गते मङ्गलबार

‘जाली भुक्तानी’ले अड्कायो धरानको बजेट, उपमेयरसँग ‘झगडा’मा छन् हर्क साम्पाङ

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, असार १२
harka_aindra

काठमाडौँ- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नयाँ आर्थिक वर्षका लागि नगरसभामा बजेट पेस गर्नुपर्ने बाध्यता छ। मेयर हर्कराज राई र उपमेयर अइन्द्रविक्रम बेघाबीच विवाद चर्किएपछि बजेट अड्किन पुगेको छ।

सुनसरीमा रहेका १२ वटा स्थानीय तहमध्ये ११ पालिकाले हिजो बजेट सार्वजनिक गर्दा धरानका मेयर र उपमेयरसहितका जनप्रतिनिधि भने अरु पालिकाका बजेटसम्बन्धी समाचारका पाठक मात्र बन्न पुगे।

धरानले बजेटको तयारी नपुगेकाले निर्धारित मिति गुज्रन पुगेको बताइएको छ। बजेट तर्जुमा समितिको बैठक नै बस्न नसकेकाले बजेट ल्याउन नसकिएको उपप्रमुख बेघाले बताए।

मेयरउपमेयरबीचको चर्को विवादका कारण नगरसभाको बोलाउने मिति तोक्न आइतबार बोलाइएको कार्यपालिका बैठक सुरु नहुँदै स्थगित भएको थियो। आइतबारको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतसमेत अनुपस्थित रहे।

उपप्रमुख अइन्द्रविक्रम बेघासहित २८ जना नगरकार्यपालिका सदस्यले कानुनी प्रक्रिया र आवश्यक तयारी नगरी कार्यपालिका बैठक बस्न औचित्य नदेखिएको भन्दै पत्र बुझाएपछि प्रमुख हर्क साम्पाङले बैठक स्थगित गरेका थिए।

‘राजस्व परामर्श समितिले १ अर्ब ६० करोड १५ लाख ४८ हजार बराबरको बजेट हुनुपर्ने भनेर वैशाख ३१ मै प्रतिवेदन बुझाइसकेको थियो। त्यसमा प्रमुखबाट केही छलफल नभई सिधै कार्यपालिका बैठक स्थगितको सूचना आयो,’ उपप्रमुख बेघाले भने ।

स्रोत अनुमान तथा सीमा निर्धारण समिति मेयरको संयोजकत्वमा हुन्छ। ‘तर उहाँको नेतृत्वमा बैठक बसेको छैन। स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बसेपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिमा छलफल भएर मात्र कार्यपालिका बैठक बस्नुपर्छ,’ उपप्रमुख बेघाको भनाइ छ।

धरान–१६ स्थित बहुभाषिक विद्यालयको ग्याबिन पर्खाल निर्माणमा प्रयोग गरिएको जालीको भुक्तानीसम्बन्धी विषयले मेयर र उपमेयरलाई पाखुरा सुर्किने अवस्थामा पुर्‍याएको हो। मेयर राई जनश्रमदानबाट पर्खाल तथा नालीहरू बनाइरहेका छन्। उनले श्रमदानबाट बनाइएका संरचनामा नगरपालिकाले जाली किन्ने पैसा दिएपछि बेघा मेयरविरुद्ध खनिएका हुन्। त्यसरी नगरपालिकाको पैसा जथाभावी खर्च गर्न नमिल्ने बेघाको भनाइ छ। तर मेयर राई रोकिने पक्षमा छैनन्। यसले विवाद समाधान भन्दा उत्कर्षको लय पक्रिएको छ।

उपप्रमुख बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताए। ‘बजेट हिजै आउनु पर्दथ्यो तर आएन, उनले भने,‘नगरप्रमखले प्रक्रिया अघि नबढाएका कारण नगरसभा रोकियो।’

नगरसभाअघि कार्यपालिका बैठक बस्नु पर्छ। तर कार्यपालिका बैठक कहिले बस्छ टुङ्गो छैन। श्रमदान विवादमा एकसाता अघि सुरु भएको हो। यो विवाद नमिलेसम्म उममहानगरको बजेट अनिश्चित बनेको छ।

प्रकाशित: २०८२ असार १२ गते बिहिबार ०६:४४
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना