काठमाडौं – सरकारले हिमाली क्षेत्रको मिनरल वाटर निर्यत गर्ने सहज वातावरण तयार गर्ने तयारी थाल्ने भएको छ। अर्थमन्त्री प्रकाश शरण महतले दुवै सदनको बैठकमा बजेट भाणष गर्ने क्रममा सो कुरा बताएका हुन्।
त्यस्तै, वातावरणलाई नकारात्मक असर नपर्ने गरि मापदण्ड बनाएर अध्ययनबाट उपयुक्त देखिएको अवस्थामा ढुंगा र गिटी निकासी गर्न आधार तयार गरिने बजेटमा उल्लेख छ।
त्यस्तै, विभिन्न ३६ प्रकारका निकासी हुने प्रदार्थ र वस्तुको निकासीका लागि अनुदान दिन ९० करोड विनियोजन भएको छ। नगद अनुदान तीन महिनामा भुक्तानी गर्ने अर्थमन्त्री महतले बताएका छन्।
नेपाल सन् २०२६ सम्ममा अति कम विकसिदे देशबाट कम विकसित देशमा हुने भएको छ। यो हुँदा अहिले कायम रहेको व्यापार सहुलियत कायम नुहने अवस्था रहेको अर्थमन्त्री महतले बताएका छन्। र, त्यो चुनौतिको लागि नितीगत पहल हुने महतले बताएका छन्।
त्यस्तै, सरकारले गाँजाखेतीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ।
यसको सम्भाव्यता अध्ययन गर्दै प्रोत्साहन गर्ने नीति लिइने अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट भाषणका क्रममा उल्लेख गरेका हुन्।
गाँजाको औषधीय प्रयोगलाई ध्यानमा राखेर गाँजाखेतीबारे अध्ययन गर्ने बजेटमा उल्लेख छ।


