२०८३ कार्तिक २२ गते शनिवार

‘नेपालको पर्यटन विविधता र सम्भावनायुक्त छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १८
paryatan

काठमाडौँ– नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार बसेको बैठकमा बोल्दै समिति सदस्यसमेत रहेका साउदले नेपालको ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचारप्रसार गर्न सरकारसँग आग्रह गरेका हुन्।

उनले नेपालको अपार प्राकृतिक र सांस्कृतिक सम्भावनाहरू अझै पनि व्यवस्थित ढंगमा परिचालन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

सांसद साउदले भने, ‘भौगोलिक रूपमा नेपाल अत्यन्तै सुन्दर र विविधतायुक्त देश हो। यहाँको विशिष्ट पहिचानलाई सुत्रबद्ध गरेर काम गर्न आवश्यक छ। हामीसँग पर्यटनमा विविधिकरणका लागि प्रशस्त सम्भावना छन्, तर अझै पनि चुनौतीहरूसँग जुध्न सकिएको छैन।’

नेपालको पर्यटन प्रवर्द्धनमा अझ धेरै नीतिगत स्पष्टता र क्रियाशीलता आवश्यक रहेको सांसद साउदको भनाइ थियो। उनका अनुसार, हाल नेपालले आफ्नो लक्ष्यअनुसार पर्यटक संख्या बढाउन सकेको छैन। ‘२० लाख पर्यटक पुर्याउने हाम्रो लक्ष्य हो, तर त्यो पूरा गर्न सकेका छैनौं। जति हुनुपर्ने हो, त्यति पर्यटक ल्याउनका लागि हामीले थप‌ काम गर्न आवश्यक छ,’ उनले भने।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले काठमाडौं उपत्यकाभित्र मात्रै ४० वटा ट्रेकिङ रुटहरू रहेको उल्लेख गर्दै तीमध्ये धेरै अझै ओझेलमा रहेको बताए। ‘यस्ता पदमार्गहरू र गन्तव्यहरू पहिचान गरी प्रवर्द्धन गर्न आवश्यक छ। पर्यटन मन्त्रालयले यी गन्तव्यहरूको सम्पूर्ण सम्भावनामा काम गर्नुपर्ने बेला आएको छ,’ साउद भने।

सांसद साउदले भारत र चीन जस्ता विश्वका दुई ठूलो जनसंख्या र अर्थतन्त्र भएका देशहरू नेपालका छिमेकी रहेको सन्दर्भमा ती देशहरूबाट पर्यटक आकर्षित गर्नको लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए। ‘त्यो जनसंख्याको लाभ लिन हामी चुकेका छौं,’ उनले भने, ‘धार्मिक तथा सांस्कृतिक विविधता नेपालको पर्यटनमा अर्को महत्वपूर्ण पक्ष हो। हामीसँग बौद्ध र हिन्दु धर्मका सांस्कृतिक सम्पदा छन्। यसलाई सही ढंगले प्रस्तुत गर्न सके हामीले ठूलो संख्यामा पर्यटक ल्याउन सक्छौं।’

उनले सडक र हवाई यातायातका अवरोधले पर्यटकलाई असहज बनाउने भएकाले त्यसलाई सुधार गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए। ‘कतिपय चुनौतीहरू हाम्रो पूर्वाधारले सिर्जना गरेका छन्। त्यसमा सुधार नगरी पर्यटकको अनुभव राम्रो बनाउँन सकिन्न,’ उनले भने।

साउदले पदमार्गहरूको मौलिकता (भर्जिनिटी) जोगाउने विषयमा पनि ध्यान दिनुपर्ने बताएका छन्। ‘हाम्रा पदमार्गहरू प्रकृतिसँग नजिक छन्। त्यसको मौलिकता नबिगार्ने गरी संरक्षित गरिनुपर्छ,’ उनले भने।

झरनाहरूको बहाव तथा प्राकृतिक दृश्यहरू नेपालको प्रमुख पर्यटकीय सम्पदा भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायले संरचनात्मक हस्तक्षेप नगरी प्रकृति अनुसार काम गर्नुपर्ने बताए। ‘नेपालमा अद्भुत परिदृश्य उल्लेख गर्दै उनले थपे, ‘हामीसँग भएका स्रोतसाधनको अधिकतम उपयोग गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्छ। पर्यटनमा गरिएको लगानीले दीर्घकालीन र सकारात्मक परिणाम दिन सक्छ। सरकारले रणनीतिक हिसाबले लगानी बढाएर पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने दिशामा काम गर्नुपर्छ।’

समितिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले नेपालको पर्यटनको पछिल्लो अवस्था र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: २०८२ असार १८ गते बुधबार ०३:२७
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना