काठमाडौँ- सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनाराका सुकुम्बासी हटाउने भएको छ।
आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाएका छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए।
