काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक अहिले बिहान ८ बजे बसिरहेको छ। सिंहदरबारमा बसिरहेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिम्सिनाले सम्बोधन गर्नेछन्।
समितिमा कांग्रेसका ५, एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपा १, राप्रपा १ र जसपाका १ सांसदको प्रतिनिधित्व रहेको छ। १५ सदस्य सुनुवाइ समितिले आइतबार पूर्णता पाएको हो।
१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा छन्। बाँकी १२ सदस्य प्रतिनिधिसभाबाट मनोनीत हुन्। कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्।
एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लीलानाथ श्रेष्ठ, ईश्वरी जीएम रहेका छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।


