काठमाडौँ– एएफसी महिला एसियन कपमा छनोट हुनबाट नेपाल असफल भएको छ। शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल असफल भएको हो।
छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा नेपाल ४-२ ले पराजित भयो।
साबित्रा भण्डारीको प्रहार बारमा लाग्दा गोलकिपर अञ्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाइन्।
उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो। ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो।
२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन्। तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन्।
दोस्रो हाफको ७०औं र ७१औं मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो।
नेपाललाई पराजित गरेसँगै उज्बेकिस्तान २२ वर्षपछि एसियाली कपमा छनौट भएको हो।


