२०८३ असोज २२ गते बिहिबार

तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुने सम्भावना कति?

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, असार २५
tilaurakot
तिलौराकोट क्षेत्र। तस्बिर : लुम्बिनी विकास कोष

काठमाडौँ- युनेस्कको वर्ल्ड हेरिटेज कमिटीमा नेपालले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि प्रस्ताव गरेको छ। नेपाल सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले युनेस्को वर्ल्ड हेरिटेजको बैठकमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव पेस गरेका हुन्।

नेपालले सन् १९९६ देखि नै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्न थालेको हो। गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गराउनेका लागि आफूहरूले दुईपक्षीय र बहुपक्षीय छलफल गरिरहेको पाण्डले जानकारी दिए।

‘तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउन युनेस्को वर्ल्ड हेरिटेजकै प्राविधिक समिति इकोमोसमा छलफल भइरहेको छ,’ कमिटीको बैठकमा सहभागी हुन फ्रान्समा रहेका मन्त्री पाण्डेले नेपाल क्लिक्ससँग टेलिफोनमा भने, ‘विज्ञहरूमार्फत् प्राविधिक कुरा मिलाउने काम भइरहेको छ। हाम्रो प्रस्तावमा छलफल भएपछि जुलाई १३ सम्ममा यो विषय टुंगोमा पुग्छ।’

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न देशका विज्ञहरूले सहयोग गर्दै आएका छन्। यो सूचीमा प्राध्यापक रबिन कनिङ्घम (बेलायत), डंकन मार्शल (अष्ट्रेलिया) र काई वाईजे (नेपाल)का विज्ञहरूको मुख्य भूमिका छन्। मन्त्री पाण्डेका अनुसार यो विशेषज्ञ टोली र राजनीतिक नेतृत्व तथा पुरातत्व विभागको टोलीले दुई पक्षीय तथा बहुपक्षीयका साथै विभिन्न देशका प्रतिनिधिहरूसँग छलफल चलाइरहेको छ।

मन्त्री पाण्डे।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीका अनुसार तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने विषयमा नेपालले सम्पूर्ण तयारी गरी हेरिटेज कमिटीमा पेस गरेको बताए। ‘मन्त्रीज्यूसहितको टोलीले फ्रान्समा पुगेर पनि पर्याप्त गृहकार्य गरिरहेको खबर पाएका छौँ,’ मैनालीले भने। यो पटक विश्व सम्पदा सूचीका नेपालका क्षेत्रहरू थप हुने उनको विश्वास छ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपाल सरकारको प्रयासमा भारत भने उदार देखिएको छैन। युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा भारत पनि सदस्य छ। हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्। एसियाबाट नेपाल र भारतका साथै कतार, जापान र कोरिया पनि सदस्य छन्। कमिटीमा बहुमतको आधारमा निर्णय हुने व्यवस्था रहेको छ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न वर्ल्ड हेरिटेज कमिटीमा प्रस्ताव गर्नुअघि नेपालले भारतसँग पनि कुराकानी गरेको थियो। सुरुमा भारत नकारात्मक रहेपनि नेपालको लगातारको पहलपछि भारतले ‘प्रस्ताव ल्याउनुस् कुरा गरौँला’ भनेको मन्त्रालयका एक अधिकारीको भनाइ छ। तर पछिल्लो समयमा फेरि भारतले यो विषयमा उदारता देखाउन नसकेको स्रोतको भनाइ छ।

नेपाल र भारतबीच नै कुरा मिल्न नसकेका कारण यसपालि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रयास सार्थक बन्नेमा मन्त्रालयकै एक अधिकारीले शंका व्यक्त गरे। ‘पछिल्लो समय भारतले सकारात्मक प्रतिक्रिया दिएको छैन,’ मन्त्रालय स्रोत भन्छ, ‘तैपनि फ्रान्स गएको टोलीले निकै मेहनत गरिरहेको जानकारी आएको छ। हामी कामना गरौँ- यसपालि नेपालको प्रयास सार्थक हुनेछ।’

बुद्धसँग सम्बन्धित धेरै स्थानहरू नेपाल र भारत पनि पर्ने भएकाले दुवै देशका स्थानहरूलाई एकैपटक सूचीमा सूचीकृत गर्नुपर्ने धारणा भारतले राख्ने गरेको छ। पछिल्लो समय भारतले यसपालि तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव थाती राख्ने प्रयत्न गरेको छ।

तिलौराकोटलाई सम्पदा सूचीमा समावेश गर्ने विषयमा नेपाल र भारतबीच नै सहमति जुटाएर आउँदा सहज हुने बताएका छन्। भारतले ग्रिन सिग्नल नदिए नेपालले थप प्रयास गर्नुपर्ने देखिएको छ।

तिलौराकोट क्षेत्र। तस्बिर : लुम्बिनी विकास कोष

नेपाल सरकारले भने २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय उल्लेख गरेको थियो। विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो।

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउनका लागि मन्त्री पाण्डेसँगै लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ ), पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्राधानांगसहित विज्ञहरू फ्रान्स पुगेका छन्। लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राई पनि फ्रान्समा छन्।

मन्त्री पाण्डे र फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्सको लागि भारतीय राजदूत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमालचुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिनसहित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरूसँग सहकार्य गरिरहेका छन्।

तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा अघि नै व्यवस्थित सहर रहेको पुरातात्विक अध्ययनको निष्कर्ष छ। करिब १४० बिघा क्षेत्रफलमा तिलौराकोट दरवार क्षेत्र फैलिएको छ।

तिलौराकोट क्षेत्र। तस्बिर : लुम्बिनी विकास कोष

विश्वमा अहिलेसम्म १ हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन्। नेपालले सन् १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो। त्यसयता काठमाडौँ उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थानका सम्पदाहरू मात्र विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

बेलायतको दुराम विश्वविद्यालयको पुरातत्व विभागको पूर्वप्रमुख रविन कनिङ्घमले विगत १२ वर्षयता तिलौराकोटमा अध्ययन गर्दै आएका छन्। उनको नेतृत्वमा पुरातत्वविद्हरूको टोलीले तिलौराकोटमा उत्खनन् पनि गरेको थियो।

प्रकाशित: २०८२ असार २५ गते बुधबार ०३:२७
प्रतिक्रिया

थप समाचार

विद्युत नियमन आयोगको वार्षिक प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता,...

अस्ट्रेलियाद्धारा थप डेढ करोड डलर सहयोगको घोषणा

काठमाडौं। नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्। मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री...

निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं। नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको नीतिमा समेट्ने प्रस्ताव अघि सारेको...

रसुवा बाढीले आर्थिक वृद्धि सुस्ताउने, ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विकास साझेदार विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण सार्वजनिक गरेको छ। गत भदौ १० मा आएको भोटेकोसी त्रिशूली विनाशकारी बाढीका कारण उद्योग तथा...

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना