२०८३ कार्तिक १२ गते बुधबार

पीएसजीलाई हराउँदै चेल्सी बन्यो विश्व च्याम्पियन, ट्रम्पले प्रदान गरे ट्रफी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३०
trump_world_club_final (1)
इंग्लिस क्लब चेल्सीलाई विश्व क्लब फुटबलव च्याम्पियनको ट्रफी प्रदान गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प।

काठमाडौँ- इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति भएको फाइनल खेलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै उपाधि चुमेको हो।

पीएसजी युरोपियन क्लब च्याम्पियन हो। चल्सीले पीएसजीको पोस्टमा ३ गोल प्रहार गर्दा पीएसजीका कुनै पनि प्रहार परिणाममुखी हुन सकेनन्।

चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो। दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन्।

चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरेका थिए। यस्तै जोआओ पेड्रोले तेस्रो गोल गरेका थिए। पेड्रो यसै सिजनमा मात्र चेल्सीमा अनुबन्ध भएका खेलाडी हुन्।

पाल्मरेले २२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ३०औं मिनेटमा उनैले दोस्रो गोल थपेर अग्रता दोब्बर गरे। ४३औं मिनेटमा पेड्रोले गरेको गोल खेल अवधिकै अन्तिम गोल बन्न पुग्यो। पूरा समय सकिँदा चेल्सीका पक्षमा ३ र पीएसजीका पक्षमा शून्य नतिजा हात पर्‍यो।

चेल्सीले दोस्रो पटक क्लब विश्वकप उपाधि चुमेको हो। यसअघि सन् २०२१ मा पनि चेल्सी विश्व क्लब च्याम्पियन बनेको थियो।

फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए। विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक उनीहरूकै हातबाट प्राप्त गरे।

ट्रम्प पत्नी मेलानियालाई लिएर खेल मैदान पुगेका थिए। स्टेडियमसम्म पुग्नका लागि अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीले करिब ४० माइल यात्रा गरेको थियो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया।

प्रकाशित: २०८२ असार ३० गते सोमबार ०७:१०
प्रतिक्रिया

थप समाचार

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना