२०८३ कार्तिक ११ गते मङ्गलबार

पाध्या बने एनआरएनए साउथ सुडानका अध्यक्ष

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
nrna_south_sudan

काठमाडौँ- गैरआवासीय नेपाली संघ दक्षिण सुडानको तेस्रो अधिवेशनले रामप्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।

संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतको भर्चुअल उपस्थितिमा सम्पन्न अधिवेशनलाई ईश्वरप्रसाद सिग्देल, रुक्माङ्गद उपाध्याय, बलराम दाहाल, रमेश बहादुर खत्री र आनन्द बाबु श्रेष्ठलाई पदाधिकारीमा चयन गरेको छ। त्यस्तै प्रवक्तामा राजदिओ गुरुङ र युवा संयोजकमा हिरासिं पौडेल क्षेत्री छानिएका छन्।

त्यस्तै आईसीसी सदस्यमा बाबुराम गौतम को नाम प्रस्तावित छ भने सदस्यहरूमा प्रकाशराज भण्डारी, रामन्द्रप्रसाद यादव, तिलक रोका, बिक्रम रबी अरन्ह, बेदबहादुर चौधरी, लक्ष्मी ओखाबु , मनबहादुर सार्की र कृष्णबहादुर नेपाली रहेका छन्।

सो अधिवेशन पश्चात बसेको कार्यसमिति बैठकले दक्षिण सुडानमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ। नवनिर्वाचित समितिले दक्षिण सुडानमा कार्यरत नेपालीका हकहित संरक्षण, श्रम समझदारी सम्झौताको पहल र समस्यामा परेका नेपालीको उद्धार र सहयोगमा संघ अग्रसर हुने निर्णय गरेको छ।

त्यस्तै नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वलाई प्रवर्द्धन गर्न नियमित कार्यक्रम र सांस्कृतिक उत्सव आयोजना र दक्षिण सुडानका विभिन्न क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई एनआरएनए मा आवद्ध गराई एकता, सहकार्य र सेवामूलक भावना बढाइने पाध्याले बताए।

‘गैरआवासीय नेपाली संघ केवल संस्था मात्र होइन, यो नेपालीपनको अनुभूति हो, विश्वभर छरिएका नेपालीहरूको एकताको प्रतीक प्रतिनिधिमूलक संस्था हो। हामी सबै मिलेर यहाँ रहेका नेपालीहरूलाई सहयोग, सुरक्षा र सशक्तिकरणको लागि समर्पित रहन्छौँ,’ अध्यक्ष पाध्या ले भने।

अध्यक्ष पाध्याले दक्षिण सुडान समितिले अफ्रिकाभरि छरिएर रहेका नेपालीलाई गोलबद्ध गराउन डिजिटल प्लेटफर्म बनाउने घोषणा गरेका छन्। त्यस्तो प्लेटफर्मले अफ्रिकामा रहेका नेपालीको एकता र डाटाबेस तयार विश्वास लिइएको छ।

प्रकाशित: २०८२ असार ३१ गते मङ्गलबार ०३:४२
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना