टोकियो- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी)जापानको सदस्य पदमा रामेशराज जैसीले उम्मेदवारी घोषणा गरेका छन्। उनले आगामी कार्यकाल २०२५ देखि २०२७ सम्मका लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
झण्डै १७ वर्षदेखि जापानमा बसोबास गर्दै आएका जैसीले जापानका विभिन्न व्यवसाय र सामाजिक गतिविधिमा रहेर काम गर्दै आएका छन्।
जापानमा श्रमिकदेखि दु:खमा परेका व्यक्तिहरुको गुनासा सुन्न र एनआरएनमार्फत दूतावाससँग सहजीकरण गर्ने कार्ययोजना ल्याउन समूहमा जुट्ने उनी बताउँछन्।
हाल पर्वत समाज जापनका उपाध्यक्षसमेत रहेका रमेशराज जैसीले नेपालमा आर्थिक अवस्था कमजोर भएका अशक्त नागरिकलाई सहयोग गर्दै आइरहेका छन्।
उनले एनआरएन केन्द्रीय सदस्यमा विजयी भइ सामाजिक र सहयोगी अभियानलाई तीव्रता दिने सुनाए। आगामी जुलाई २७ तारिखमा हुने निर्वाचनमार्फत एनआरएन जापानमा झन्डै दुई दर्जन पदाधिकारी रहने प्रावधान छ।


