२०८३ कार्तिक ११ गते मङ्गलबार

कांग्रेसले बीपीको बाटो छोडेकै हो?

 |  सचिन तिमल्सेना
Sanket

सचिन तिमल्सेना

काठमाडौँ, साउन ६
bpkoirala

‘कांग्रेसले बीपीको बाटो छोड्यो’

आम मानिसले कांग्रेसलाई गाली गर्न जति धेरै यो वाक्य प्रयोग गर्छन्, त्यत्तिकै मात्रामा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि यो वाक्य प्रयोग गर्छन्। भाषणमा उच्चारण गर्न यो वाक्य निकै सहज छ। तर यो लघुताभासले भरिएको वाक्य हो। त्यो वाक्य बोल्दा ताली पनि पाइन्छ, र आत्मालोचना जस्तो पनि सुनिन्छ।

बीपीको बाटो छोड्ने विषय आर्थिक उदारीकरणबाटै सुरु हुन्छ। विशेषगरी महेश आचार्य र रामशरण महत अर्थमन्त्री भएका बेला आर्थिक उदारीकरणको नीति अवलम्बन गरे। धेरैले यसलाई बीपीको एन्टीथेसिसजसरी प्रचार गरे। आर्थिक उदारीकरणलाई एन्टिथेसिस प्रयोग गर्नेमध्ये एक जना स्वर्गीय प्रदीप गिरी पनि हुनुहुन्थ्यो। उहाँले संसदबाटै भन्नु भयो कि- ‘धान र गहुँ छुट्याउन नसक्नेले आर्थिक नीति बनाएका छन्।’ त्यो प्रहार कांग्रेसको आर्थिक उदारीकरणको नीति र त्यो नीति अवलम्बन गर्ने/गराउने पछाडिका पात्रमाथि थियो।

तर सोचौँ त, बीपी अहिलेको युगमा हुनुहुन्थ्यो भने कस्तो नीति लिनुहुन्थ्यो होला! प्रविधिले यसरी फड्को मारेको देख्नु भएको भए, धनको स्रोत जमिन मात्र नभई स्टकदेखि क्रिप्टोसम्म फैलिएको देख्नु भएको भए, पुँजीवादले संसारमा (केही समस्यासहित) अभूतपूर्व समृद्धि ल्याएको देख्नु भएको भए उहाँले कस्तो नीति अवलम्बन गर्नुपर्ला भन्नुहुन्थ्यो होला? उहाँ अझै पनि उहाँले उतिबेला भनेको समाजवादकै पक्षमा हुनुहुन्थ्यो त? गरीबी बाँडेर समाजवाद आउँदैन भन्ने बीपी पक्कै यो असफल व्यवस्थाको वकालत गर्ने हुने थिएन हो।

कांग्रेसमाथि अर्को आरोप छ- बीपीको लाइन छोडेर प्रचण्डीकरण भयो। कांग्रेसले संसदीय व्यवस्था, बहुदलीय व्यवस्था, बहुलवाद, धार्मिक स्वतन्त्रतामा सम्झौता गरेको भए यो आरोप पुष्टि हुन पनि सक्थ्यो। तर उल्टै, माओवादीजस्तो मध्ययुगीन सोच राख्ने, जंगलमा बम पड्काउँदै हिँड्ने जत्था अहिले चुनाव लड्ने राजनीतिक दल बनेको छ। समावेशिता सधैँ कांग्रेसको मुद्दा थियो नै ०१५ सालको मन्त्रीमण्डल। भनेपछि कहाँ छोड्यो बीपीको लाइन?

बीपी नास्तिक थिए। भगवान भए मभन्दा जरुरतमन्दलाई पहिले हेरुन् भन्थे। राज्यको एकल धर्म हुनुहुन्न भन्थे। राजसंस्थाको विषयमा त्यति धेरै पटक धोका खाएको भए बीपीजस्तो नेताले सजिलै बुझ्नुहुन्थ्यो कि नेपालमा राजा र प्रजातन्त्रसँगै जान सक्दैनन्।

कांग्रेसले बिर्सेको बीपीको राजनीतिक बाटो होइन, बीपीको शासन क्षमता बिर्सेको छ। बीपीको इमानदारी, पारदर्शिता र हुटहुटी बिर्सेका छन्। कांग्रेसीहरू सपना लिएर राजनीति होइन, टिक्नको लागि राजनीतिमा छन्।

समय फेरिएसँगै मानिसको बुझाइ पनि परिवर्तन हुन्छ। मानव इतिहासले यति धेरै परिवर्तन यति छोटो समयमा कहिले देखेको थिएन। कांग्रेसीहरूले बीपीको बाटो छोड्यौं भनेर हीनताबोध गर्नु पर्ने कारण छैन। सम्झिनु पर्ने उनको जनउत्तरदायित्व हो, जनताप्रतिको समर्पण हो। महामानवलाई स्मृति दिवसको दिन सम्झना।

प्रकाशित: २०८२ साउन ६ गते मङ्गलबार ०२:४५
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना