पोखरा- गण्डकी प्रदेशको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन्। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले म्याग्दीका शर्मालाई नियक्त गर्ने निर्णय गरेको हो।
म्याग्दीमै कानुनी अभ्यास गरेका शर्मा गएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरमा उम्मेदवार थिए। उनी एमालेका सुरत केसीसँग हारेका थिए।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बेनी नगरपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरत केसी ७ हजार ६०३ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी शर्मा १ हजार ३७३ मतले पराजित भएका थिए।


