२०८३ कार्तिक ११ गते मङ्गलबार

१६ जना बेपत्ता घटनामा जोडिए यस्ता रहस्य, सिन्धुलीदेखि रामेछापसम्मै खोजी

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, साउन १२
golanjor_urmila
फाइल तस्बिर

काठमाडौँ- सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का एकै परिवारका १६ जना सम्पर्कविहीन बनेपछि खोजी तीव्र पारिएको छ।

उनीहरूको अन्तिम मोबाइल लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा ट्र्याक गरिएकाले दुवै जिल्लामा खोजी तीव्र पारिएको दुवै जिल्लाका प्रहरीले जानकारी दिएका छन्। बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघिको लोकेसन पत्ता लागेको हो।

सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरुको घर भएको क्षेत्रमा कभरेज गर्ने भएकाले उनीहरू रामेछाप नै पुगेका हुन् भन्नेमा प्रहरी अझसम्म विश्वस्त छैन।

जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले उनीहरूको खोजी रामेछापमा पनि तीव्र पारिएको जानकारी दिए। रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भइरहेको भट्टको भनाइ छ।

सम्पर्कविहीनहरू हायू परिवारका व्यक्ति हुन्। ‘हामीले हायु बस्ती भएका रामेछापका स्थानमा पनि खोजी गर्‍यौं। तर भेटिएको छैन। अन्य ठाउँमा पनि खोजी गर्दैछौं,’ भट्टले भने।

गोलन्जोर गाउँपालिका-६ वडाध्यक्ष रवीन श्रेष्ठका अनुसार उनीहरूको घर एकान्तमा छ। एकान्तमा घर भएका कारण उनीहरू दुई दिनअघि नै बेपत्ता भएपनि ढिलो गरी जानकारी भएको हो।

गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएको उक्त परिवारकी घरमूली उर्मिला हायू हुन्। उनको १८ जनाको परिवार छ। दुई जना घरबाहिर छ। बाँकी १६ जना बेपत्ताको सूचीमा छन्। उर्मिलासहित उनका ६ छोरा, एक बुहारी, ६ छोरी, एक ज्वाइँ र एक नातिनी छन्।

हायू जातिलाई सरकारले सीमान्तकृत समुदायमा सूचीकृत गरेको छ। उनीहरुलाई सरकारले मासिक ३ हजार ९९० रुपैयाँ भत्ता पनि दिँदै आएको छ। पछिल्लो तीन महिनाको भत्ता उनीहरूले बिहीवार लिएका थिए। परिवारका १८ जना सदस्यको २ लाख १५ हजार ४६० रुपैँया सामाजिक भत्ता बुझे। त्यसपछि उर्मिलाको परिवार सम्पर्कविहीन भएको देखिएको वडाध्यक्ष श्रेष्ठले बताए।

हायू परिवारले गाइवस्तु पनि पालेका थिए। उनीहरूको गाइवस्तुको गोठ छिमेकीको घर नजिकै थियो। गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँसपानी हाल्न कोही नआएपछि सोमवार छिमेकीहरु घरसम्म पुगेका थिए। घरमा कोही थिएन। यसपछि मात्र प्रहरीले १६ जनाको परिवार बेपत्ता भएको सूचना पाएको हो।

हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ। भान्सामा सुँगुरको मासु फेला परेको छ। घरपालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा थिए। उनीहरू शुक्रबारबाट बेपत्ता भएको वडाध्यक्ष श्रेष्ठको अनुमान छ।

प्रहरीका अनुसार घर नजिकैको छाप्रोमा पनि आगो लागेको देखिएको छ। त्यसपछि निभाइएको जस्तो पनि छ। काठहरू डढेका छन्। केही लुगाहरू झुन्डिएको देखिन्छ। पकाउने भाँडाहरू पनि घर बाहिरै देखिन्छ। तर जस्ताले छाएको हायुको घरमा भने कोही छैनन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीकाअनुसार बेपत्ता परिवारले गत बिहीबार (८ साउन)मा घरमै सुँगुर काटेर खाएको थियो। ‘गाउँलेको भनाइअनुसार बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ। त्यसपछि उनीहरू बेपत्ता छन्। खोजी जारी छ,’ एसपी सुवेदीले भने।

उर्मिलाका श्रीमान् सने हायू तीन वर्षअघि बेपत्ता भएका थिए। तर पछि जंगलमा उनको हाडखोर भेटिएको स्थानीयको भनाइ छ। उनीहरूको परिवारले ऋण पनि लिएको स्थानीयको भनाइ छ। तर केकति ऋण कोसँग लिएका थिए भन्ने खुलेकोछैन। यीलगायतका विषयले घटना थप रहस्यमय बनेको छ।

स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार सने हायूको हाडखोर केही महिनापछि जंगलमा भेटिएको थियो।

यी हु्न बेपत्ताहरू

प्रकाशित: २०८२ साउन १२ गते सोमबार ०६:५३
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना