२०८३ कार्तिक ११ गते मङ्गलबार

हृदयेन्द्रको भ्लग देखेर आत्तिएकाहरूका नाममा

 |  सुरेन्द्र सुवेदी
Sanket

सुरेन्द्र सुवेदी

काठमाडौँ, साउन १७
hridayendra
हृदयेन्द्र शाह

देशका अन्तिम राजा ज्ञानेन्द्र शाहका नाती अर्थात् पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाह अहिले सामाजिक सञ्चालमा चर्चामा छन्। जुम्ला घुमफिरलाई छोटो भिडियोको कारण सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको हो।

‘माई ट्रिप टु जुम्ला’ नाम दिएर १५ मिनेट २२ सेकेन्ड अवधिको यो भ्लग आमा हिमानीसँग जुम्ला भ्रमणमा बेला हृदयेन्द्रले बनाएका हुन्।

भ्लगमा जुम्लाको सौन्दर्य, त्यहाँका नागरिकसँगको कुराकानी र सामीप्यता, कर्णाली प्राविधिक शिक्षालय, कच्ची सडकसमेतका दृष्य कैद छन्। पाताराशी गाउँपालिका घर भएकी पञ्चकली बूढासँग हृदयेन्द्रको कुराकानी र उनको गायकीको प्रशंशाले सामाजिक सञ्जाल सिञ्चित भएको छ। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टेलिफोन टावर, भदौरे मेला लाग्ने स्थान, कान्जिरोवा हिमाल, रारा र डोल्पा जाने बाटो देखाउँछिन्। जुम्ली देउडा लयमा आफैँले लेखेको गीत गाएर सुनाउँछिन्:

(जुम्ला फल्छ धान)२ संसारकै अग्लो ठाउँमा
((कोइ सुन्दैनन् कान)२ कर्नाली रोयाको आवाज)२

(हाम्रै सिँजा घर)२ खस भाषाको उद्गमस्थल
((हुन्छ कठैबरा)२ ज्याको(?) सौतेनी व्यवहार)२

पञ्चकलीले हृदयेन्द्रलाई अनायासै प्रश्न गर्छिन्, ‘हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला?’ हृदयेन्द्रको उत्तरले धेरैको ढ्यांग्रो बजेको हुन सक्छ। ‘मान्छेहरूले राम्रो काम गर्‍यो भने, सबै कुरा राम्रोसँग चल्यो भने हुन्छ होला। अलिकति हामी पनि लाग्नुपर्‍यो। आँट गर्नुपर्‍यो,’ हृदयेन्द्रको उत्तर छ।

पञ्चकली र हृदयेन्द्र कुराकानीका क्रममा

भ्लगले चर्चा पाउन थालेपछि केही मानिसको ढुकढुकी बढेको छ। धेरै गणतन्त्रका ठेकेदारलाई हृदयेन्द्रको उत्तरले हायलकायल बनाएको हुन सक्छ।

पटकपटक प्रधानमन्त्री बनेका कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’को झटारो हानेर नेपालको राजनीतिमा एक समय नेपालीको ध्यान मोड्ने यत्न गरेका थिए। उनै हृदयेन्द्रका नाममा। त्यो बेला पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारस राजा बन्न नसक्ने बरु हृदयेन्द्रलाई बनाउन सकिने भनेर उनले फालेको पासोको धङधङी अहिलेसम्म नेपालको राजनीतिमा छँदैछ।

भ्लगमा शान्त स्वभाव, हसिलो मुहार, नम्र बोली र अभिवादनसहित जुम्लीबीच प्रस्तुत भएका हृदयेन्द्रले चर्चा पाउन थालेपछि राजतन्त्र मासिएपछि गणतन्त्रका नाममा लुट मच्चाएर बसेका, गणतन्त्रको तर मार्न माहिरहरू तनावमा परेर छटपटी देखाउन थालेका छन्। स्वर्गीय गिरिजाले भनेझैं यदि बेबी किङको झटारो सफल हुने दिन आयो भने गणतन्त्रका ठेकेदारको बिल्लीबाठ हुने कल्पना गरेर एउटा झुण्ड बिछट्टिएर सामाजिक सञ्जालमा वाकवाकी गरिरहेका पनि छन्।

हृदयेन्द्रलाई जुम्ला भ्रमणमा लगेर नेपाल देखाउने कल्पना गर्ने र त्यो कल्पना साकार पार्ने जो कोही भएपनि यो उत्तम काम हो। जसले यो सोच्यो र हृदयेन्द्रलाई दरबारिया घेराबाट बाहिरको नेपाल देखायो, त्यो धन्यवादको पात्र हो।

भ्लगमा जुम्लाको माहोल हेर्दा अब जनताको चाहना भनेको गणतन्त्रका ठेकेदारहरुलाई किनारा लगाउन हृदयेन्द्रजस्ता अवोध युवाको आवश्यकता छ। जसले देश चिनोस्, नेपाली चिनोस्। जुम्लाजस्तै देशका अन्य ७६ जिल्लामा पनि अब हृदयेन्द्र पुग्नुपर्छ, या उनलाई देशाटन गराउनुपर्छ। यसबाट भ्रष्टाचार र अनियमिततामा डुबेका नेता, कर्मचारीदेखि बिचौलियासम्मको मुटुमा धड्कनको चाप बढोस्। उनी देशाटनमा निस्किए भने नेपालको राजनीतिक माहोल नै परिवर्तन हुने देखिन्छ। अरु केही नभए पनि दरबारमा राम्रा मानिस पनि जन्मने रहेछन् भन्ने नेपालीले जानकारी पाउनेछन्।

जुम्लामा पञ्चकली बुढासितको कुराकानीमा बुढाले सोधेको देश कहिले बन्छ भन्ने प्रश्नमा हामी सबै लागे देश बन्छ भन्ने उनको भनाइले धेरै नेपालीको मन छोएको छ।

प्रकाशित: २०८२ साउन १७ गते शनिवार ११:११
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना