हेटौँडा- बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्।
नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेलगत्तै बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका छन्।
सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
बानियाँले आफूलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थन रहेको दाबी गरेका छन्। उनले दुवै पार्टीका संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयले सोमबार मात्र मङ्गलवार दिउँसो २ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।


