२०८३ साउन १३ गते बुधबार

बौद्धिक परिषद्ले सुरु गर्‍यो एमालेभित्र समानान्तर बहस: केन्द्रीय निर्णयलाई चुनौती दिँदै सर्वेक्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
uml (7)

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय कमिटीले विधान महाधिवेशनबारे निर्णय गरिसकेको छ तर पार्टीको जनवर्गीय सङ्गठन नेपाल बौद्धिक परिषद् भने केन्द्रीय कमिटीको निर्णय विपरीत आफ्नै शैलीमा सर्वेक्षणमार्फत् राय सङ्कलन गर्न थालेको छ।

पार्टीको अन्तरपार्टी निर्देशनलाई चुनौती दिँदै परिषद्को कदम केवल एउटा ‘सर्वेक्षण’ मात्र नभई, एमालेभित्र नीति निर्माण प्रक्रियाप्रति उठेको प्रश्न र सङ्गठनभित्रको बहसलाई पनि उजागर गरिरहेको छ। भदौ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने दोस्रो विधान महाधिवेशनलाई पार्टी नेतृत्वले पार्टीको भविष्य निर्माण गर्ने प्रमुख राजनीतिक मञ्चका रूपमा लिएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनमा चार मुख्य एजेन्डामा छलफल हुने बताए। उनका अनुसार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रुपमा रहेका चार सल्लाहकार परिषद् तथा तीन आयोगका प्रतिवेदन छलफल हुनेछन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख गौतमले बताए। उनका अनुसार केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र सल्लाहकार परिषद्का अमृतकुमार बोहराले पनि प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ।

निर्देशन विपरीतको कदम
विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावका लागि नेकपा (एमाले) ले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा विस्तृत छलफल गरिसकेको छ। त्यसपछि मस्यौदालाई सुझावका लागि मातहतका कमिटीहरूमा पठाइएको छ तर केन्द्रीय कमिटीले अन्तरपार्टी निर्देशन नम्बर १२ जारी गर्दै केही संवेदनशील विषयमा बहस नगर्न स्पष्ट निर्देशन दिएको छ। पदाधिकारीका लागि ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषयमा केन्द्रीय कमिटिले निर्णय गरिसकेकाले यस विषयमा बहस नगर्ने पार्टीको निर्देशन छ।

पार्टीले जारी गरेको निर्देशन विपरीत परिषद्ले आफ्नो सर्वेक्षणको केन्द्रमा राख्दै राय सङ्कलन सुरु गरेको छ । यस कदमले पार्टीभित्र समानान्तर बहस मात्र होइन, सङ्गठनात्मक अनुशासन र आन्तरिक लोकतन्त्रबीचको गहिरो द्वन्द्वलाई सतहमा ल्याइदिएको छ। परिषद्ले सर्वेक्षणमार्फत् सोधिएका प्रश्नहरू समेत अहिले राजनीतिक वृत्तमा चासोको केन्द्र बनेका छन्।

परिषद्ले “पार्टी परित्याग गरेका कुनै व्यक्ति पुनः पार्टी प्रवेश गर्दा त्यही पदमा पुनःस्थापना गर्ने प्रचलन रोक्न विधानमै व्यवस्था गर्नुपर्छ भन्ने प्रस्तावमा तपाईंको राय के हो ?”, “पदाधिकारीका लागि ७० वर्षे उमेर सीमा राख्ने विषयमा तपाईंको धारणा के हो ?”, “कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था राख्ने प्रस्तावलाई तपाईं समर्थन गर्नुहुन्छ ?”, “विभिन्न संवैधानिक आयोगका पदाधिकारी भई जिम्मेवारी वहन गरिसकेका व्यक्तिहरू पुनः पार्टी जिम्मेवारीमा सक्रिय हुने व्यवस्थाबारे तपाईंको दृष्टिकोण के हो ?” जस्ता १२ वटा प्रश्नहरु राखेर सर्वेक्षण सुरु गरेको छ। जुन पार्टी अन्तरपार्टी निर्देशन विपरीत छन्।

परिषद्का अध्यक्ष गजेन्द्र थपलिया यो विषयलाई ठाडै अस्विकार गर्छन्। उनले विधान महाधिवेशनलाई व्यवस्थित बनाउन सर्वेक्षण सुरु गरेको बताए। विधान महाधिवेशनमा बहस गर्न पाउनुपर्ने भन्दै थपलियाले परिषद्को सर्वसाधारणलाई समेत लक्षित गरी सर्वेक्षण सुरु गरेको बताए।

“बहस गर्न नपाउने विधान महाधिवेशनको औचित्य छैन। विधान बारे व्यापक छलफल गर्न पाउनुपर्छ। यो विषयमा बहस गर्ने यो विषयमा नगर्ने भनेर रोक लगाउनु हुँदैन”, अध्यक्ष थपलियाले भने “पार्टीको केन्द्रीय कमिटीले केन्द्रीय सदस्यलाई मात्रै पार्टी निर्णय विपरीत नबोल्न भनेको होला तर हामीले सर्वसाधारणका लागि सर्वेक्षण सुरु गरेका हौं। हाम्रो सर्वेक्षण रोकिदैन।”

सर्वेक्षण पार्टीको निर्णय विपरीत रहेको केन्द्रीय नेताहरूको भनाइ छ। पार्टीमा निर्णय भइसकेका संवेदनशील विषयलाई पुनः विवादास्पद बनाउन खोज्नु पार्टी एकतालाई कमजोर पार्ने काम भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको तर्क छ। “पार्टीको स्थायी कमिटि, पोलिटब्यूरो र केन्द्रीय कमिटिमा निर्णय भएका विषयमा बहस सुरु हुनु भनेको पार्टी निर्णय र अपानी बिरुद्ध जानु हो। विधान महाधिवेशनलाई विवादित पार्ने गरी गरिएको सर्वेक्षण सङ्गठनात्मक अनुशासनविपरीतको कार्य हो”, गौतमले भने।

सङ्गठनात्मक संस्कृतिको परीक्षण
एमालेमा शीर्ष नेतृत्वको निर्णयलाई चुनौती दिने परम्परा बिरलै देखिन्छ तर बौद्धिक परिषद्को यो कदमले पार्टीभित्र नीति निर्माण प्रक्रियामा आधारभूत प्रश्न उठाएको छ—के विचार बहसको स्वतन्त्रतालाई प्रोत्साहन दिनुपर्छ वा पार्टी अनुशासनलाई कडाइका साथ पालना गर्नुपर्छ? राजनीतिक विश्लेषकहरू भन्छन्, “यो विवाद केवल एक सर्वेक्षणको विषय होइन, यो एमालेको संगठनात्मक संस्कृतिको परीक्षण हो। यदि नेतृत्वले यसलाई खुला बहसको अवसरका रूपमा लियो भने, यो कदम पार्टी सुदृढीकरणको आधार बन्न सक्छ तर यसलाई अनुशासनहीनता ठहर्याएर दमन गरियो भने पार्टीभित्र असन्तुष्टि थप बढ्न सक्छ।”

अब सबैको ध्यान भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनमा केन्द्रित छ। बुद्धिजीवी परिषद्को सर्वेक्षणले महाधिवेशनको कार्यसूचीलाई प्रभावित पार्ने वा नगर्ने प्रश्न अझै अनिश्चित छ तर एक कुरा निश्चित छ—यस विवादले एमालेभित्र नीति निर्माण प्रक्रिया र संगठनात्मक गतिशीलताबारे नयाँ बहस सुरु गरिदिएको छ।

प्रकाशित: २०८२ साउन २२ गते बिहिबार ११:१०
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना