२०८३ कार्तिक ११ गते मङ्गलबार

गाई पालेरै महिनामा साढे ३ लाख कमाउँछन् गोपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
202508071558-75e22b18-7b8a-47b4-bc4a-aae0ea73bebd_medium-768×432

फिक्कल- गाउँघरमा गाईपालनलाई अझैपनि परम्परागत र सामान्य आम्दानीको स्रोत मान्ने गरिन्छ। इलामको सूर्योदय नगरपालिका-३ रुङसुङका गोपाल आचार्यले यो सोच परिवर्तन गर्दै गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले गाईपालनलाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका हुन्।

आचार्यले ‘पञ्चामृत गाईफार्म’ सञ्चालन गरी दूध बिक्रीबाट मात्र मासिक दुई लाख ८८ हजारदेखि तीन लाख ६० हजारसम्म आम्दानी गर्दै आएको जानकारी दिए। फार्मबाट दैनिक १६० देखि २०० लिटरसम्म दूध उत्पादन हुने जनाउँदै उनले नजिकै पञ्चामृत डेरी उद्योगमा प्रतिलिटर रु ६० का दरले बिक्री गरिरहेको बताए।

वि.सं. २०७० मा राष्ट्रिय वाणिज्य बैंकबाट १० लाख ऋण लिएर गाईपालन व्यवसाय सुरु गर्नुभएका आचार्यका फार्ममा अहिले ३४ वटा माउगाई छन्। ‘तीमध्ये १२ वटा दूहुना र बाँकी ब्याउने अवस्थामा छन्। फार्ममा बाच्छाबाच्छीका लागि छुट्टै गोठ निर्माण गरिएको छ। व्यवसाय थाल्दा कुनै अनुभव थिएन, गाई दूहेर दूध बेच्ने मात्रै सोचेको थिएँ,’ उनले भने, ‘विस्तारै यसको सम्भावना ठूलो रहेछ। अनुभवले सिकाउँदै लगेको छ।‘

आचार्यले गाईपालनबाट भएको आम्दानी सोही व्यवसायमा पुनःलगानी गर्दै आएका छन्। हालसम्म करिब ३० लाख निजी लगानी भएको फार्मको मूल्य अहिले एक करोड हाराहारीमा पुगेको उनले जानकारी दिए।

दूध ढुवानीका लागि आचार्यले फार्मको आम्दानीबाट पिकअप गाडी खरिद गरिदिएका छन्। सो गाडीमार्फत बिहान दूध बिक्री गर्न डेरीसम्म लैजाने र दिउँसो गाईका लागि दानापानी ओसारपसार गर्दै आएको उनले बताए।

करिब ३० लाख निजी लगानी भएको फार्मको मूल्य अहिले एक करोड हाराहारीमा पुगेको उनले जानकारी दिए।

पारिवारिक सहयोगसँगै फार्ममा तीन जनाले रोजगारी पाएका आचार्यले जानकारी दिए। दुई जनाले फार्मका लागि एक जना गाडी चलाउन कर्मचारी राखेको उनले बताए। ‘आफूमात्र खटेर भ्याइँदैन, गाईफार्ममा दुई जना कामदार र पिकअपमा एकजना ड्राइभर राखेको छु‘, उनले भने, ‘उनीहरूको तलबमा मात्र मासिक रु ४२ हजार खर्च हुन्छ।’

उनले गाईपालनसँगै २०० रोपनी क्षेत्रमा घाँसखेती पनि विस्तार गरेका छन्। गाईलाई आवश्यक पर्ने घाँस जोहो गर्न उनले आफ्नै ७० रोपनी र १३० रोपनी जमिन भाडामा लिएर घाँसखेती लगाएका हुन्। बीस रोपनी क्षेत्रमा सुपरनेपियर, ४० रोपनी क्षेत्रमा अम्रिसो र बाँकीमा डाले तथा स्थानीय प्रजातिका भुँइघाँस रोपेका छन्।

उनले गाईको गोबरबाट तयार पारिएको मल बिक्रीबाट वार्षिक एक लाख अतिरिक्त आम्दानी गर्दै आएको जानकारी दिए। आचार्यले उत्पादित मल स्थानीय चिया सहकारी संस्था तथा चिया किसानले खरिद गरेर लैजाने गरेका बताए।

आचार्यलाई फार्म सञ्चालनका लागि आंशिक सरकारी सहयोग पनि प्राप्त भएको छ। कोशी प्रदेश सरकारले दुई वर्षअघि दूध दूहुने उपकरण खरिदका लागि दुई लाख ५० हजार अनुदान दिएको छ भने भकारो सुधारका लागि सूर्योदय नगरपालिकाबाट २० हजार पाएका छन्।

गाईपालन व्यवसायबाट सफलता प्राप्त गरेका आर्चायले लम्पीस्कीन रोगका कारण १४ वटा माउगाई गुमाउनुपरेको उल्लेख गरे। बिमाबाट ४० हजार क्षतिपूर्ति पाएको भन्दै उनले अन्य सरकारी सहयोग नपाएको गुनासो गरे। ‘बिमाबापत ४० हजार मात्रै पाएँ, अन्य कुनै राहत कतैबाट पाइएन‘, उनले भने, ‘तर पनि मैले हिम्मत हारेको छैन, अझ व्यवसाय विस्तार गर्ने योजनामा छु।‘

पैसा कमाउन विदेश गइरहन नपर्ने भन्दै आचार्यले स्वदेशमा नै सीप विकास गरी स्वरोजगारमूलक काम गर्न सकिने धारणा राखे। ‘बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा बसेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन गाउँमै व्यावसायिक गाईपालन सुरु गरेको हुँ‘, उनले भने, ‘बैंकको कर्जा विस्तारै तिरिसक्न लागेँ, अर्कोवर्ष कर्जा चुक्ता गरेपछि अझ गाई थप्ने योजनामा छु।‘ -रासस

प्रकाशित: २०८२ साउन २२ गते बिहिबार ०५:५०
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना