२०८३ कार्तिक १२ गते बुधबार

देशमा युवा दिवस मनाइरहँदा विमानस्थलमा बिदेसिने युवाको लर्को [तस्बिरहरू]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
tia_youths (11)

काठमाडौं- आज अगष्ट १२ तारिख अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको राजधानी लिस्वनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको सहभागितामा विश्व युवा सम्मेलन आयोजना गरी सो सम्मेलनबाट आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनुका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदे लिस्वन घोषणापत्र समेत जारी गरेको थियो।

त्यसपछि राष्ट्रसंघको आहानमा सन् २००० बाट विश्वभर हरेक वर्षको अंगष्ट १२ का दिन युवा सशक्तीकरण, जागरण र बहस गर्ने महत्त्वपूर्ण दिनको रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको छ।

यसै सन्दर्भमा सन् २०२५ का लागि संयुक्त राष्ट्रसंघले लोकल युथ एक्सन्स फर दि एसडीजीज एन्ड बियोन्ड भन्ने नारा तय गरेको छ। नेपालमा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा यो दिवस मनाउँदै गर्दा देशको राजनीतिक अवस्थाले गर्दा युवाहरू विदेशिन बाध्य भएका छन्।

गलामा नेपालको राष्ट्रिय झण्डा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्नका लागि गोरखा पालुङटारबाट आएका सञ्जय नहर्की देशमा राम्रो भएको भए विदेशिन नपर्ने बताउँछन्।

घर, परिवार साथीभाइ छोडेर विदेशिनुको बाध्यता सरकारले नबुझेको उनको गुनासो पनि छ।

मकवानपुरका लीलाराज सुनार आफ्नो छोरा २५ वर्षीय राकेश सुनारलाई बिदाइका हात हल्लाउँदै मन भारी बनाइरहेका थिए।

उनका अनुसार मैले मेरो छोरालाई अर्काको दास बनाउन पठाउँदै छु राज्यले देशमा उद्योग, कलकारखाना खोली युवाहरूलाई देशमै बस्ने वातावरणको सृजना गर्नु पर्ने र काम गरी खाने अवस्था ल्याउन पर्ने बताए।

रामेछाप लिखुतामाकोशीका राजीव कार्की वैदेशिक रोजगारीका लागि साउदी जाँदै गर्दा आफ्ना दुई सन्तान र श्रीमतीसँग बिदाइ हुँदै थिए।

छोराछोरी, श्रीमती, घरपरिवार छोडेर विदेशिनुको बाध्यता सरकारले सही नीति, देशमा रोजगारीको अवस्था सृजना नगर्नु नै प्रमुख हो उनी बताउँछन्।

वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहँदा नेपाल बूढाबूढीको देश हुने चिन्ता बढेको छ। स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक करिब दुई हजार युवा रोजगारीका लागि विदेश गइरहेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान ८ लाख ३९ हजार २६६ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ।

वैदेशिक रोजगारीमा जाने यो हालसम्मकै उच्च हो। गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत छन्।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन्।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (युएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन्।

 

प्रकाशित: २०८२ साउन २७ गते मङ्गलबार ०२:०५
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना