२०८३ साउन १३ गते बुधबार

गृहमन्त्री लेखकलाई निकिताको धम्की-‘रविमाथि अन्याय भयो, अन्तर्राष्ट्रिय अदालत जान्छु’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
nikita-paudel-and-rabi-lamichhane
रवि र निकिताको फाइल तस्बिर

काठमाडौँ- पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमाथि गम्भीर हस्तक्षेप भइरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै न्यायका सबै ढोका ढकढक्याउने चेतावनी दिएकी छन्।

उनले गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाउँदै अदालतले दिएका आदेशहरू समेत गृह मन्त्रालयको निर्देशनमा रोकिने आरोप लगाएकी छन्।

उनका अनुसार, अदालतमा मुद्दाको पेसी चढेपछि तुरुन्तै न्यायिक परिषद्मा उजुरी पर्ने, उजुरीको ड्राफ्ट समेत गृहमन्त्री रमेश लेखककै कार्यकक्षमा तयार हुने, त्यसपछि ती सामग्रीहरू सञ्चार माध्यमहरूलाई फैलाउने आदेश दिइनेजस्ता घटना भएका छन्। “न्यायाधीशहरूलाई प्रधानमन्त्री, कानुनमन्त्री, गृहमन्त्रीबाट सिधा फोन जान्छ भन्ने कुरा पहिले विश्वास लाग्दैन थियो, तर अब आफैंले देखेपछि विश्वास गर्न बाध्य भएँ,” सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकलाई सम्बोधन गर्दै उनले लेखेकी छन्।

उनले अदालतमा सरकारी वकिल पटक-पटक नाजवाफ हुँदा पनि फैसला आफूहरूको विपक्षमा आउने गरेको उल्लेख गर्दै भनिन्, “इजलासमा सबै कुरा स्पष्ट हुन्छ, तर फैसला बहसको विपरीत आउँछ। दिउँसो बहस सकिन्छ, तर रातपर्यन्त आदेश आउँदैन, पेनड्राइभ डुल्छ, अस्वाभाविक गतिविधिहरू देखिन्छन्।”

उनका अनुसार मुद्दाको पेसी हुने दिन नै न्यायपरिषद्मा उजुरी पुग्ने, त्यसको समाचार मिडियामा फैलिने र अदालतमा दबाब सिर्जना गर्ने क्रम दोहोरिएको छ। उनले प्रश्न गरिन्, “यस्ता अवस्थामा कुन न्यायाधीशले आफ्नो करियरको जोखिम मोलेर स्वतन्त्र फैसला गर्ने आँट गर्छन्?”

श्रीमानलाई भेट्न कारागार जाँदा समेत संगठनका मान्छेहरूले पछ्याउने गरेको भन्दै उनले आफूमाथि पनि निगरानी राखिएको गुनासो गरिन्। “को बस्न चाहन्छ यस्तो अन्यायपूर्ण र निगरानीयुक्त समाजमा? को बाँच्न चाहन्छ, जहाँ न्याय व्यक्ति हेरेर फरक-फरक दिइन्छ?” उनले प्रश्न गरिन्।

उनले सरकारमाथि प्रत्यक्ष इशारा गर्दै भनिन् रवि लामिछानेमाथि लगाइएका सबै मुद्दाहरू गृहमन्त्री लेखकको कार्यकालपछिका हुन्। “एकपटक पनि मुद्दा हदम्यादमा छैन, तर एउटै शैलीमा मुद्दा दर्ता, उजुरी, मिडिया ट्रायल अनि आदेश विपरीत न्याय हुँदै आएको छ।”

सर्वोच्च अदालतले उस्तै प्रकृतिका मुद्दामा धरौटीमा छोड्नुपर्ने नजिर कायम गरिसकेको उल्लेख गर्दै उनले भनिन्, “तर रवि लामिछाने भने थुनिएको थुनियै छ।”

उनले न्यायका सबै ढोका ढकढक्याउने दृढता व्यक्त गर्दै भनिन्, “म जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल जान्छु। आवश्यक परे अन्तर्राष्ट्रिय अदालत पनि जान्छु।”

अन्त्यमा, उनले सम्माननीय प्रधान न्यायाधीशसमक्ष अपिल गर्दै लेखेकी छन्, “कार्यकाल सकिएपछि लेखिने किताबले होइन, कार्यकालमै लेखिएको आदेशले न्याय दिन्छ।”

प्रकाशित: २०८२ साउन २८ गते बुधबार ०१:५०
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना