२०८३ कार्तिक ११ गते मङ्गलबार

समाजको शल्यक्रिया

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, भदौ १०
krishna_rimal

सीमित पञ्चहरूको पन्जामा रहेको समाज बहुदलपछि बहुलठ्ठी बन्यो र अहिले सङ्घीय लोकतन्त्रको अभ्यासमा छ। स्मार्टफोन र सङ्घीयता नेपालीहरूको आवश्यकताभन्दा केही छिटो भित्रिए। अब प्रयोग गर्दै सिक्दै जाउँला केही छैन। आज म सिकारु डाक्टरको हिसाबले हाम्रो समाजको शल्यक्रिया गर्दै छु। शल्यक्रियापछि सम्बन्धित रोगीहरूले साधारण आनीबानीमा फेरबदल गर्नुपर्नेछ। शब्दका एन्टीबायोटिकले घाउ छिटो निको पारुन्।

मैले लेख्न खोजेको समाज तपाईँहामीले जीविका गरिरहेको परिवेशको साङ्गोपाङ्ग अवस्था हो। मेरो उमेर हुर्काइ कार्यअनुभव र हाम्रा सामाजिक आनीबानी नै यो आलेखका आधार हुन्। तपाइसँग विचार नमिलेमा म लेखको सुरुमै माफी माग्न चाहन्छु।

नेपाली समाजले पछिल्ला दुई दशक शान्ति र संविधानको लागी खर्च गर्‍यो। राजनीतिक शान्ति र संविधान स्थापित पनि भयो। समाज यसको जस र बधाईको पात्र पनि बन्यो। तर यत्रो मेहनत र लगावले निर्माण भएको संविधान र संविधान प्रदत्त हक र अधिकार अहिले आएर त्यति धेरै महत्त्वका भएनन्। राजनीतिक रूपमा द्वन्द्व व्यवस्थापनका लागि स्थापित शान्तिले वर्तमानको मानसिक अशान्ति सँगै तुलनात्मक सहकार्य गर्न सकेन। पछिल्लो समय विदेश उडिरहेको देश वा समाजको चरित्र हेर्नुभयो भने हामी सामाजिक रूपमा लगभग असफल भैसकेका छौँ। विभिन्न एजुकेसन कन्सल्टेन्सीमा उभिएर आफ्नी आमाको मलिन मुहार सम्झिरहेका भाइबहिनीहरूको निराश अनुहारमा तपाईँहामीप्रतिको गहिरो अविश्वास मात्रै देखिन्छ। बिदेसिएकाहरूसँगको वार्तालापमा देशबाहिर रहँदा उनीहरूले परिवार र चाडबाड मात्र मिस हुने बताउँछन्। परिवार र संस्कृति मात्र मिस हुनु भनेको समाजले अरू सबै कुरा गुमाइसकेको डरलाग्दो अवस्था हो।

हाम्रा साना प्रयास र साना परिवर्तनले कम्तीमा आफूले हुर्काएका सन्तानकै काखमा मर्न पाउने वातावरण बन्छ भने औषधि नै सम्झेर बदलिने प्रण गरौँ, राम्रो कामको परिणाम कहिले नराम्रो हुने छैन।

देशभित्र सफल भएका विभिन्न राजनीतिक आन्दोलनपछि प्रायः एउटै वर्ग वा समूहले राज्यका स्रोत र साधनमा निर्मम हालीमुहाली रह्यो। अहिले देशका सबै क्षेत्रमा रहेको त्यो समूहको आम चरित्र आर्थिक र मानसिक दुवै रूपमा गरिब नै देखियो।

लोकसेवाले परीक्षा लिएर छानिएका र निर्वाचन आयोगले वैदेशिक अनुदानमा चुनाव गराएर चुनिएका सबै पात्रहरूको विगत करिबकरिब एकै किसिमको छ। प्रवेशिका पास गरेपछि गाईगोरु वा भैँसीबाख्रा चराउँदै अक्षर, अङ्क, गेसपेपर र गाइडहरू रटेर बेलायतबाट जङ्गबहादुर राणाले ल्याएको योग्यतामा आधारित कामदार प्रणालीमा भित्रिएका राष्ट्रसेवकहरू आजको राज्य सञ्चालनको स्थायी संरचनामा हुनुहुन्छ। त्यसो गर्न नसकेका वा मन नलागेकाहरू निर्वाचन आयोगको बहुमतीय प्रणालीबाट बहुमत र व्यापक असमानतासहितको समानुपातिक प्रणालीबाट चुनिएका जनप्रतिनिधिहरू नीतिनिर्माण र कार्यान्वयनको तहमा हुनुहुन्छ।

मलाई अचेल खट्किने कुरा के छ भने मेहनत र त्यागको आधारमा मात्रै हलीलाई वनमन्त्री बनाइयो भने जङ्गलका सबै सोझा काठलाई हरिस र अनौ मात्र देखेजस्तै गरिबहरूलाई नेतृत्व र अधिकार दिइयो भने गरिबहरूले त्यस्तो प्रयोग आफूलाई धनी बनाउनको लागि मात्रै प्रयोग गर्दा रहेछन्। त्यसैले, उपसचिव र स्थानीय तहको प्रमुखउपप्रमुख भन्दा माथिल्ला तहहरूमा वर्षमा ७ डिजिटभन्दा माथिल्लो वैधानिक आर्थिक लाभ र न्यूनतम १० हजार पटक आर्थिक कारोबार गरेको हुनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था कायम गर्नुपर्ने पक्षमा छु। यो गर्नै पर्ने छ। यसले भ्रष्टाचारको विरुद्धमा गुणात्मक सहयोग गर्न सक्छ भने बजेट कार्यान्वयनमा पनि सार्थक सहयोग गर्नेछ। उहाँहरू आफूमा निहित अधिकार र कर्तव्यको माध्यमबाट कुनै क्षेत्रमा राम्रै काम गर्न त चाहनुहुन्छ तर विडम्बना उहाँहरूमा त्यस्तो लागि आवश्यक तरिका, क्षमता र ढङ्ग र विषयविज्ञता नै छैन। सायद उहाँहरूलाई मनमनै लाज लाग्छ होला।

चरा र पुतली बिनाको बगैँचा, बच्चा नभएको घर र युवायुवती नभएको देश साँच्चै निरस हुन्छ।

वर्तमानमा हाम्रा समाजमा ज्ञान, विवेक ,समालोचनात्मक र विश्लेषणात्मक बहस हराएको धेरै भएको छ। त्यसैले पनि तत्काल यस्तो सतही समाजमा खतरै क्षमता र दक्षतायुक्त नेतृत्व सम्भव छैन। र पनि के चाहिँ हो भने गाई ओटेर बस्न भन्दा नयाँ र जोसिलो पुस्ता लाई मौका दिनुभयो भने दुधालु बाच्छीहरु र उच्च नश्लका बाच्छाहरू जन्मेलान्। गाईबाख्रा चराउँदै यहाँसम्म आउनुभएका तपाईँहरुलाइ त यस्तो कुरा यसै पनि थाहा हुनुपर्ने हो। भेडाबाख्रा चराउँदै हुर्कनु भो भन्दैमा सबैलाई भेडा ठान्ने गल्ती किन गर्ने र?

पछिल्ला ३०/४० वर्षलाई आधार मानेर विश्लेषण गर्दा मलाई के लाग्छ भने हामी निकै अल्छी बन्दै गइरहेका छौँ। विद्यालय वा विश्वविद्यालयमा पढेका केही थान पुस्तक र तिनीहरूकै आधारमा तय भएका हाम्रा शैक्षिक उपलब्धि विषयको मूल मर्ममा पुग्नै सकेनन्।

एउटा तहको प्रमाणपत्रले एउटा तहको तलबी जीवनशैलीको सपना निर्माण गर्न सिकायो। विनालगानी, उस्तो साह्रो व्यस्त हुनू पनि नपर्ने (काम टार्न मिल्ने) नियमित र अनुचित लाभको तलबी सोचले हाम्रो श्रम संस्कृतिलाई ध्वस्त बनायो। अब के भएको छ भने हामीले तोकेका सबै योग्यता उनीहरूले प्राप्त गरे तर उनीहरूले चाहेको जीवनशैली प्राप्त गर्ने कुनै साधारण आधार पनि उनीहरूले प्राप्त गर्न सकेका छैनन्। जसको विरुद्ध हामीले देशभित्र सिकाउन नसकेको श्रमसंस्कृति र जीवनमूल्य उनीहरूले देशबाहिर गएर देखाउन चाहन्छन्।

समाजले गुमाएका अर्का दुई ठुला कुरा छन्, आदर्श र विश्वास। सधैँ माथिल्लो तहले गरेको बदमासीलाई गाली गरेर मात्र यी कुराको भर्पाई हुँदैन।

आदरणीय मान्यजन कृपया ध्यान दिनुहोला, चरा र पुतली बिनाको बगैँचा, बच्चा नभएको घर र युवायुवती नभएको देश साँच्चै निरस हुन्छ। मेरो बुवा र मेरा छिमेकीजस्ता मानिसहरू यो भयावह अवस्थाका कारक होइनन्। न त उहाँहरूले गाउँमै रहेर पर्यापर्यावरण अनुकूल हुने गरी गरेका काम नै दोषी हुन्। बिनाश्रम सुविधाभोगी बनेका जो कोही पनि आफूसँगै नरहेका आफ्ना सन्ततिको हरेक साँझ भिडियो कलमा कुरा गर्दा देखिने अनुहार सम्झेर आत्मालोचना गर्नुस् र बदलिनुस्।

समाजले गुमाएका अर्का दुई ठुला कुरा छन्, आदर्श र विश्वास। सधैँ माथिल्लो तहले गरेको बदमासीलाई गाली गरेर मात्र यी कुराको भरपाई हुँदैन। भगवानको नाममा निर्माण हुने मन्दिर तथा अन्य धार्मिक गतिविधिबाट अनुचित लाभ निकाल्ने उपभोक्ता समूह, सरकारी तलबबाट बाइकमा इन्धन भोरेर अगाडि र पछाडि नानीबाबु राखेर बिहान छोड्न र साँझ स्कुलबाट बिदा भएपछि लिन जाने शिक्षक शिक्षिकाहरू, प्रत्येक ६ महिनामा कार्यालयका जिन्सी सामान परिवर्तन गरेर नयाँ वाला घर लग्ने प्रमुख र निमीक्त कार्यकारीहरू, कतै पनि नमिल्ने शीर्षकका बिलहरूलाई प्रविष्टि गरी कृत्रिम खर्चद्वारा कर छल्ने व्यवसायी र सहयोगी मतियारहरू, आसपासमा हुँदै गरेका विकास निर्माण आयोजनाबाट सामाग्री र औजारहरू चोरेर लुकाउने नागरिक बनेर हामी कुन आदर्श स्थापित गर्न खोजेका हौँ, कुनै निन्द्रा नपरेको रात सम्झेर बस्नुहोला।

अझै डरलाग्दो कुरा समाजले गुमाउँदै गएको विश्वास हो। हामीले आर्जन गरेको आर्थिक तथा सामाजिक वैभवप्रति आजको पुस्ताले इमानयुक्त हो भनेर स्वीकार्न सकिरहेको छैन। सरकारका नीति नियम र सुविधाप्रति नागरिकको, समाजका अग्रजहरूप्रति बालिकाहरूको, माथिल्लो निकायसँग तल्लो निकायको, छिमेक र छिमेकीसँग छरछिमेकीको, परिवारकै सदस्यसँगै दोस्रो सदस्यको र सबैभन्दा खतरनाक कुरा आफूले गरेको प्रतिबद्धताप्रति आफैँको विश्वास हराउँदै गएको अवस्था छ। भोलि प्रतिव्यक्ति आयमा उच्च अङ्क हासिल गर्दैगर्दा विश्वासको लागि त्यो भन्दा ठूलो अङ्कको लगानी पनि असफल हुने दिन नजिक आइपुगेको एकदमै नमिठो र निस्पट्ट अनुभूति मलाई हुन थालेको छ।

हाम्रा साना प्रयास र साना परिवर्तनले कम्तीमा आफूले हुर्काएका सन्तानकै काखमा मर्न पाउने वातावरण बन्छ भने औषधि नै सम्झेर बदलिने प्रण गरौँ, राम्रो कामको परिणाम कहिले नराम्रो हुने छैन।

कुश्मा-९, पर्वत।

प्रकाशित: २०८२ भदौ १० गते मङ्गलबार ०३:४२
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना