२०८३ कार्तिक २५ गते मङ्गलबार

रास्वपा नेता पाँडेविरुद्ध मुद्दा दर्ता, महिलालाई पठाएका थिए यस्तो म्यासेज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
ARTICLE PROFILE – 1
ARTICLE PROFILE - 1

काठमाडौँ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता गरेको छ। शुक्रबार जिल्ला अदालत काठमाडौँमा पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको हो।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा पाँडेविरुद्ध मुद्दा दर्ता भएपछि आजै न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयानसमेत सुरु भएको छ। बयानपछि थुनछेक बहस हुनेछ। थुनछेकपछि मात्रै पुर्पक्षका लागि कारागार पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने भनेर आदेश आउने छ।

पाँडेविरुद्ध बेलायत बस्ने नाम परिवर्तित साइबर ब्युरो १३ ले जाहेरी दर्ता गरेकी थिइन्। उनले आफ्नो छोरालाई विज्ञान अध्ययनमा रुचि भएकाले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका कर्मचारी र शिक्षा विज्ञसमेत रहेकाले बुझ्नका लागि म्यासेज गरेकोमा पाँडेले ह्वाट्सएप र इमेलमार्फत् म्यासेज पठाइ मानसिक यातना दिने, अपमान गर्ने लगायतको कार्य गरेको आरोप ती महिलाको छ।

पाँडेले मेलमा ‘तिमी एक बेश्या हौ, मलाई तिमीसँग सुत्न घृणा लाग्नेछ’लगायतको मेल गरेको र ‘तिम्रो श्रीमानले तिमीलाई छाडेको हो? किन ?’ लगायतको म्यासेज गरेको भनी महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

प्रहरीसँगको बयानका क्रममा पाँडेले उक्त म्यासेज र मेल आफैँले पठाएको हुनसक्ने र ती महिलासँग आफ्नो श्रीमतीको माध्यमबाट चिनजान भएको बताएका छन्। महिलाले एकोहोरो एकतर्फी आफूसँग आशक्ति राख्ने गरेको बताएका छन्। ती महिलाले आफू नेपाल आउन लागेको बताएर श्रीमती घरमा भए नभएको सोधी भेटौँ भनेको बयानका क्रममा पाँडेले बताएका छन्। दाँतमा दुखाइ भएका बेला के कस्तो म्यासेज लेखी पठाएँ भनेर आफूलाई याद नभएको दाबी उनले गरेका छन्।

प्रकाशित: २०८२ भदौ १३ गते शुक्रबार ०१:४३
प्रतिक्रिया

थप समाचार

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना