२०८३ कार्तिक १६ गते आईतबार

रास्वपाले मतदानबाट उम्मेदवार छान्यो, तर मत परिणाम सार्वजनिक गरेन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
lekhjung

काठमाडौँ। रुपन्देही–३ मा आगामी कात्तिक ३ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा लेखजंग थापालाई उम्मेदवारको रूपमा चयन गरेको छ। मतदानबाट उम्मेदवार छनोट गरेको भनिए पनि छनोट प्रक्रियाको मत परिणाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। पार्टीले मतदातामार्फत उम्मेदवार चयन गर्ने अभ्यासलाई ‘नयाँ प्रयोग’ भनेको छ, तर परिणाम सार्वजनिक नगरेपछि पारदर्शिताको सवालमा प्रश्न उठेको छ।

रास्वपाको सचिवालय बैठकबाट निर्णय भइसकेपछि तीन घण्टापछि मात्र उम्मेदवारको नाम घोषणा गरिएको थियो। यसपटक पार्टीले मिश्रित मोडेलमा प्रारम्भिक मतदान र मूल्याङ्कन संयोजन गरेर उम्मेदवार चयन प्रक्रिया अघि बढाएको हो। तर, नौ जना प्रतिस्पर्धी उम्मेदवारहरूबीच कसले कति मत पाए भन्ने विवरण सार्वजनिक नगरिएको विषयमा आन्तरिक र बाह्य आलोचना बढ्दै गएको छ।

पार्टीले यसपटक प्रारम्भिक निर्वाचनसँगै नेतृत्वद्वारा गरिने मूल्याङ्कन, लिडरसिप एकेडेमीको राय, र समावेशिता आदिका आधारमा समग्र मूल्याङ्कन गरिएको दाबी गरे पनि मतपरिणाम सार्वजनिक नगर्ने निर्णयले यस प्रक्रियाको विश्वसनीयतामै प्रश्न उठाएको छ।

रास्वपाले सुरुमा उत्साहपूर्वक मतदान प्रक्रिया सुरु गरे पनि कुल २ हजार ७७८ मतदाता मध्ये १ हजार ५६७ ले मात्र मतदान गरेका थिए। पार्टीका ६२ जना केन्द्रीय सदस्यहरूमध्ये २७ जनाले मात्र मत खसालेका थिए।

पार्टीका नेता शिशिर खनालका अनुसार उम्मेदवारहरूलाई प्राप्त अङ्क उनीहरूलाई निजी रूपमा जानकारी दिइएको हो। तर सार्वजनिक नगर्नुको कारण भने, ‘थोरै अङ्क पाएका उम्मेदवारहरूको मनोबलमा असर पर्ला कि भनेर हो।’ खनालले यदि सबै उम्मेदवारहरूले चाहे भने अंक सार्वजनिक गर्न सकिने पनि उल्लेख गरे।

प्रकाशित: २०८२ भदौ १६ गते सोमबार ०२:२१
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना