नेपालमा डिजिटल भुक्तानी र कारोबारमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल ९८४ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५८.४० प्रतिशतले बढी हो।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा १ अर्ब ८४ करोडभन्दा बढी पटकको कारोबारमार्फत यो रकम भुक्तानी भएको हो। अघिल्लो आर्थिक वर्षको ५७४ खर्ब ७८ अर्ब रुपैयाँको तुलनामा गत वर्ष ४०९ खर्ब ५३ अर्ब रुपैयाँले कारोबार बढेको छ।
इन्टरनेटको पहुँच र प्रयोगकर्ताको संख्या बढेसँगै डिजिटल कारोबार तथा भुक्तानीका लागि प्रयोग हुने मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, वालेट, डेबिट-क्रेडिट कार्ड जस्ता डिजिटल उपकरणहरूको प्रयोगमा वृद्धि भएको छ।
कुन माध्यमबाट कति भयो भुक्तानी ?
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा विभिन्न भुक्तानी माध्यमहरूबाट भएको कारोबारको विवरण यसप्रकार छ:
आरटीजीएस: ७४९ खर्ब १ अर्ब रुपैयाँ
इसीसी: ६२ खर्ब ८९ अर्ब रुपैयाँ
फास्टर पेमेन्ट सिस्टम: ५२ खर्ब ४१ अर्ब रुपैयाँ
मोबाइल बैंकिङ: ५० खर्ब १८ अर्ब रुपैयाँ
आईपीएस: २९ खर्ब ११ अर्ब रुपैयाँ
डेबिट कार्ड: ११ खर्ब ३७ अर्ब रुपैयाँ
एटीएम: १० खर्ब ८८ अर्ब रुपैयाँ
क्यूआर कोड: ९ खर्ब ५८ अर्ब रुपैयाँ
वालेट (डिजिटल वालेट): ५ खर्ब ६ अर्ब रुपैयाँ
इन्टरनेट बैंकिङ: २ खर्ब ३३ अर्ब रुपैयाँ
क्रेडिट कार्ड: २४ अर्ब रुपैयाँ
ब्रान्चलेस बैंकिङ: १९ अर्ब ४३ करोड रुपैयाँ
प्रिपेड कार्ड: १२ अर्ब ५५ करोड रुपैयाँ
ई-कमर्स: १३ अर्ब ५३ करोड रुपैयाँ
क्रस बोर्डर क्यूआर: २ अर्ब ६६ करोड रुपैयाँ


