काठमाडौँ– फेसबुकको माउ कम्पनी मेटाले इमेल पठाएर दर्ताका लागि चासो दिएको भन्ने विषय अहिलेका लागि सत्य नभएको तालुकदार मन्त्रालयका प्रवक्ताले बताएका छन्। सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भनेका छन्- ‘फर्मल रुपमा कुनै कुरा भएको छैन। सिस्टममा आएको कुरा मात्र मैले गर्ने हो।’
विभिन्न अनलाइन मिडियाले मेटा सम्पर्कमा आएको भन्दै भ्रामक समाचार दिइरहेको भन्दै यसलाई आधिकारिक रुपमा नलिइदिनुहुन आग्रह गरे। नेपाल क्लिक्ससँग छोटो प्रतिक्रिया दिँदै उनले भने ‘मेटा औपचारिक रुपमा हाम्रो सम्पर्कमा आएको छैन।’
फेसबुकको मास्टर कम्पनी मेटाका प्रतिनिधी हुँ भन्दै केहीले मन्त्रालय र मन्त्रीसँग कुरा गर्न खोजेको तर यसलाई आधिकारिक रुपमा केही भन्न नसिकिने जानकारी पनि उनले दिए। भने – ‘इन्डिभिजुअल गफ गरेको कुरालाई कसरी आधिकारिक मान्ने?’


