काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन्।
सोमबार हुने आन्दोलनबाट आफ्नो स्वार्थ पूरा गर्न नखोज्न पनि उनले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा अभियान्ताहरूलाई चेतावनी पनि दिएका छन्।
उमेरको हदबन्दीको कारणले जान नमिले पनि आफ्नो भरपुर समर्थन रहने उनले बताएका छन्।.
उनी भन्छन्, ‘म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ। प्रिय Gen z भन्नुस् तपाईं हरुले कस्तो देश देख्न चाहनु हुन्छ?’








