काठमाडौं- इटहरीमा जेन-जी आन्दोलनमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध जेन-जीले गरेको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको ज्यान गएको हो।
इटहरीमा आन्दोलनकारीले उपमहानगरपालिका कार्यालयमा आगजनी गरेको थियो भने जिल्ला प्रशासनले कर्फ्यू जारी गरेको छ।







