काठमाडौंको बानेश्वरस्थित संसद भवन अघि युवाहरु भेला भएर नारावाजी सुरु गरेका छन्। बिहान आठ बजेदेखि कर्फ्यू घोषणा भए पनि उनीहरुले भई प्रदर्शन गर्न थालेपछि संसद भवन गेटमा ब्यारिकेड राखिएको छ।
त्यसैगरी काठमाडौं भित्रिने मुख्य नाका कलंकीमा पनि प्रदर्शनकारीहरु जम्मा हुन थालेका छन्। कलंकीमा जम्मा भएका युवाहरुले ‘हत्यारा सरकार राजीनामा दे’ भन्दै नारावाजी गरिरहेका छन्।
सोमबार काठमाडौमा जेनजीले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग र गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको थियो।
अहिले काठमाडौं, भक्तपुरले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
ललितपुरले स्थान तोकेर मध्यरातिसम्म कर्फ्यू आदेश जारी गरिसकेको छ।


