काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित हुन आग्रह गरेका छन्। उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा नेत्रलाल अभागीको कवितांश शेयर गर्दै फेरि उठ्ने बताएका छन्।
उनले भनेका छन्–
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी
धैर्य गरौ,
संयमित बनौ,
हामी फेरी उठ्ने छौ ।
प्रकाशित: २०८२ भदौ २५ गते बुधबार ०९:०४