२०८३ कार्तिक १६ गते आईतबार

पार्टी नेतृत्वको पुनर्गठन गर्नुपर्ने भन्दै यस्ता १० बुँदै सुझाब अघि सारे भट्टराईले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
yogesh_bhattarai

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको पुनर्गठन गरेर अघि बढ्नुपर्ने भन्दै नेता-कार्यकर्तालाई १० बुँदे सुझाव जारी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पछिल्लो घटना क्रमको विश्लेषण गरेर कमजोरीको समीक्षा गर्न पार्टी नेता र कार्यकर्तालाई प्रस्ताव गरेका छन्।

त्यस्तै, गल्तीप्रति आत्मालोचना गरेर अघि बढ्नुपर्ने उनले भनेका छन्।

साथै, उत्तेजनामा आएर गरिने निर्णयले सही ठाउँमा नपुर्‍याउने उनको तर्क छ।

भट्टराईले जेन-जी समूहले अघि सारेको भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।

यस्तो छ योगेश भट्टराईको १० बुँदे सुझाव

प्रिय कमरेडहरू,

हामी यति बेला इतिहासकै गम्भीर संकट अवस्थामा छौं। देश र समाज भयानक अस्थिरतामा छ। हामी सबै तनावमा छौं। यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन।

तसर्थ विकसित घटनाहरूलाई राम्रोसँग विश्लेषण गरौं। हामीबाट भएका कमजोरीको समीक्षा गरौं। गल्तीप्रति आत्मालोचन गरौं।

  • पार्टी सङ्गठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठन गरौं। यो काम होशियारीपूर्वक गरौं, जसले हाम्रो पार्टीको एकता कायम गरोस्।
  • पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौं।
  • पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्ण रूपमा पारदर्शी र लोकतान्त्रिक बनाऔँ।
  • जनतामा जाऊँ, जनतालाई सुनौं र त्यसअनुसार निर्णय गरौं।
  • लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानुनको शासन जवजको आत्मा हो, यसबाट दायाँ/बायाँ नजाऔं।
  • खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ। नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौं।
  • हिमाल, पहाड, तराई, सबै जात, जाति र भाषा–भाषीबीचको एकतालाई बलियो बनाऔं।
  • देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप निकास दिनुपर्दछ। विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ। यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं।
  • जेन जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं।

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १२:०८
प्रकाशित: २०८२ भदौ २५ गते बुधबार १२:१७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना