काठमाडौँ: प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूलाई दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग वार्तामा बस्न भनेका छन्। जेनजी प्रतिनिधि रक्षा बमले सिग्देलले प्रसाईँ र रास्वपासँग वार्तामा बस्न भनेपछि आफूहरू केही बाहिर निस्किएको बताएकी छन्।
‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् , उहाँहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनेसकेपछि , जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ,’ उनले भनिन्।
उनीहरू आज कुनै पनि माग नलिइ सिग्देललाई भेट्न गएका थिए। मागहरू तयार गर्न आफूहरूलाई समय लाग्ने बमले बताइन्।


