काठमाडौँ: जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिको अस्पतालमा उपचार हुँदैछ। उनीहरूको घर जलाएपछि प्रदर्शनकारीहरूले कुटपिट र आक्रमण गरेका थिए।
कुटपिटपछि सेनाको हेलिकोप्टरले दुवैलाई उद्धार गरेको थियो। उद्धारका क्रममा प्रदर्शनकारीहरूले अवरोध गरेका थिए। मंगलबार साँझ मात्रै उनीहरूलाई अस्पताल पुगाइएको थियो। सुरक्षाका कारण उनीहरूको कुन अस्पतालमा उपचार हुँदैछ भन्ने बताइएको छैन। यतिबेला उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको देउवाका स्वकिय सचिव भानु देउवाले बताए।
उनका अनुसार दुवैको टाउकोमा धारिलो हतियारले प्रहार भएको पाइएको छ।


