काठमाडौं — नयाँ मन्त्रीमण्डलको छनोट पनि भोटिङ प्रक्रियाबाटै हुने भएको छ। प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि सामाजिक सञ्जाल डिस्कर्डमा ‘भर्चुअल’ मतदान गरेका जेनजी सदस्यहरु मन्त्रीहरु पनि यसरी नै छान्ने तयारी गरिरहेका छन्।
‘अरुले हाम्रो विश्वसनीयतामा प्रश्न नउठाउन्, हाम्रो सेलेक्सन प्रोशेसलाई प्रश्न नगरुन् भनेर यस्तो गर्ने हो’ डिस्कर्डमा यसबारी जानकारी दिँदै एक अगुवाले भने, ‘इटस् फेयर प्रोसेस।’
जेन-जी आन्दोलनका अगुवा सुदन गरुङले भोटिङ प्रक्रियाको तयारी थालिएको छ जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद्को आकार सानो हुने समेत बताएका छन्।
प्रधानमन्त्रीका रूपमा जेन–जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि सामाजिक सञ्जाल डिस्कर्डमा ‘भर्चुअल’ मतदान बाटै छानेका थिए । त्यसमा ५० प्रतिशत मत कार्कीका पक्षमा परेको थियो।


