२०८३ कार्तिक १६ गते आईतबार

प्रधानमन्त्री कार्कीबाट न्याय पाउने भन्दै कारागार फर्किने लामिछानेको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
ravi

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कारागार फर्किने घोषणा गरेका छन्। शनिबार दिउँसो सामाजिक संजालमार्फत उनले कारागार फर्किने घोषणा गरेका हुन्। जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट अन्य कैदीसँग बाहिर निस्किएका उनले पुनः कारागार नै फर्किने बताएका हुन्।

चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन्।

उनले भनेका छन्-
नमस्कार, म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन।आज म आफ्ना बारेमा सफाइ दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।

पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिनाहराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु। ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमाथि नै छोड्न चाहन्छु। यति कामना गर्छुँ कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन। बाँकी रह्यो मलाई केहि दिन अघि कारागारबाट निकालिएको विषयको विवाद। त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो। अहिले चिठ्ठी नै वैधानिक छैन भनेको सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठ्ठी दिइयो त्यो बेलामा पनि प्रशासनलेले मलाई जोगाएको होइन, जेल जोगाएको हो। आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्नँ। मैले कालकूट विष पिएको धेरै भइसक्यो।

अर्को एक दुई थोपो बीष पिएर म मर्दिनँ।मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो। कत्रा कत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन,मै जिम्मा लिन्छु। तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला। त्यो पनि भइगो मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ? यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्,मेसमा मिजबानी खाइरहेका छन्। म जनताको भीडबाट निस्किएपछि एक्लै छु। एउटा पुलिस पनि मसँग छैन।

मेरो बदनाम गराउन तल्लिन पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे। हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ?

आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन। रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ। बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ।
मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै। अब भोलिको कुरा गरौं। देशको कुरा गरौं।

म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ। यसमा म कुनै हालतमा सम्झौता गर्दिनँ। अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन,बन्न सक्दैनथ्यो। अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भए पनि यो अब देशको वास्तविकता हो। यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ।

एउटा कुरा नबिर्सौँ। करिला बच्चाहरुलाई ताकी ताकी गोली हानेर मारिएको छ। त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ताकी ध्वस्त बनाइएको छ।त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ। बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ। देशका संरचनाहरू मा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ। सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सबै शक्ति र सामथ्र्य प्रदान गर्ने वचन का साथ मेरा केहि माग पनि छन्।

१ ) २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ।
२ ) देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ।
३)कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्वा देखि न्यायाधिस सम्मले फेरी जांच दिनुपर्छ।
४) सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ ५ ) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ।

मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलगअलग टाउकाहरु हुन्। रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ। यी चिजहरू हुन सकेन भने जनताको आन्दोलनमाथि विश्वासघात हुन्छ। मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ। त्यसकालागि हामी जनस्तरबाट दवाव बढाएर सरकारलाई सहयोग गर्ने छौँ। नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना। म,यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु। मैले केही योगदान दिनुपर्‍यो भने म यहीँ नख्खु कारागारमै छु। भेट्न आउनुहोला। पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ।

पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साँध्नुपर्ने केही पनि छैन। उनीहरुले जति जाने त्यति गरे। इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरुले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ। स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ। सके एक्लै, नसके सबै नयाँहरू मिलेर। देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु। नमस्कार।

प्रकाशित: २०८२ भदौ २८ गते शनिवार ०६:००
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना