राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् , ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाँडे।’
उनले नेपाली कांग्रेस नेकपा (एमाले) लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि सोच्न आग्रह गरेकी छन्।
